प्रकाशित : २१ फाल्गुन २०७५, मंगलवार १८:५३

विराटनगर, १७ फागुन । मोरङको तीनवटा स्थानीय तहमा शुरु गरिएको किशोरी परियोजनाबारे विराटनगरमा आज छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलको अध्यक्षतामा आयोजना गरिएको परिचयात्मक गोष्ठिमा ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका ६ वटा विद्यालय र ३ वटा स्वास्थ्य चौकीमा किशोरी परियोजना शुरु बताईएको छ ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा नारी विकास संघ विराटनगरले ३ वटा स्थानीय तहका ६ वटा विद्यालय तथा ३ वटा स्वास्थ्य चौकीमा कार्यक्रम शुरु गरिएको कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।

परियोजना अन्तरगत विद्यालय तथा स्वास्थ्य चौकीमा शौचालय निर्माण, महिनावारीको समयमा आराम कक्ष, बालिका मैत्री स्वास्थ्य चौकी बनाउन लागिएको उहाँले बताउनुभयो । महिनावारी स्वच्छता व्यवस्थापनका लागि घरदेखि विद्यालय र स्वास्थ्य संस्थामा उपयुक्त वातावरणको सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले किशोरीका समस्या समाधानका लागि स्वास्थ्य संस्था, सरोकारवाला संस्था सवैले समन्वय गर्नु आवस्यक रहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयकी केशु काफ्लेले स्थानीय तहले किशोरीका लागि वितरण गर्ने प्याड गुणस्तरीय नभएको पाईएको हुँदा अनगुमन आवस्यक रहेको बताउनुभयो ।

वल्र्ड भिजन इन्टरनेशनलका मोहन डाँगीले परियोजनाका लागि सहयोग सामाग्री तथा तालिम पनि दिईने बताउनुभयो । किशोरी परियोजनाका लागि तीनवटा स्थानीय तहका ६ वटा विद्यालय र ३ वटा स्वास्थ्य संस्थाका लागि ६६ लाख ६० हजार ६ सय ९९ रुपैयाँ वजेट छुट्याईएको कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, एजुकेसन हेल्प लाईन विराटनगरका अध्यक्ष राजेन्द्र ढकाल लगायतले बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३