Breaking News

मोरंगमा बालमैत्री घोषणाका लागि कार्यविधि निर्माण गरिने

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १८:४५

विराटनगर, २१ फागुन । मोरंगका स्थानीय तहलाई बाल मैत्री घोषणा गर्नका लागि कार्यविधि निर्माण गरिने भएको छ ।

गाउँपालिका तथा नगरपालिकामा बालमैत्री घोषणाका लागि नयाँ संरचना अनुसारको कार्यविधि नहुँदा काम गर्न समस्या देखिएकाले बालमैत्री स्थानीय शासन कार्यन्वयन कार्यविधि निर्माण गरिने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलको अध्यक्षतामा आज वसेको बाल मैत्री स्थानीय शासन जिल्ला समितिको बैठकले कार्यविधि निर्माण गरि सवै स्थानीय तहमा सोही अनुसार कार्य गर्नका लागि पठाउने निर्णय गरेको हो ।

मोरङका धेरैवटा स्थानीय तहमा बालमैत्री घोषणाका लागि कार्यक्रमहरु चलिरहेपनि स्पष्ट कार्यविधि नहुँदा समस्या भएको ग्रामथान गाउँपालिकाका प्रमुख शिवनारायण माझीले बताउनुभयो ।

आगामी २०७६ भित्रमा गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी गरेपनि कार्यविधि नहुँदा समस्या भएको बताउनुभयो ।

जिल्ला समितिको बैठकले बाल मैत्रीका विषयमा १७ वटै स्थानीय तहका प्रमुख, सरोकारवाला राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुवीच छलफल गर्ने समेत निर्णय गरेको छ ।

बैठकले हरेक स्थानीय तहमा बाल संरक्षण अधिकारी तोक्नका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला समितिको बैठकमा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकी, जिल्ला समन्वय अधिकारी रविन्द्र वस्ती, उद्योग संगठन मोरङका प्रतिनिधि तारानाथ निरौला, नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारी तथा विभिन्न सरोकारवाला संघ/संस्थाका प्रतिनिधिहरुको बैठकमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३