Breaking News

विराटनगरमा प्रदेश स्तरिय महिला सम्मेलन सुरु

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १८:४२

विराटनगर, २१ फागुन । विराटनगरमा प्रदेश १ स्तरीय महिला सम्मेलन आजबाट सुरु भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १०९ औं विश्व श्रमिक महिला दिवसको अवसरमा दुई दिने सम्मेलन आयोजना गरेको हो ।

लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने नाराका साथ १०९ औं विश्व श्रमिक महिला दिवस मनाइँदैछ । सम्मेलनमा प्रदेश १ का १४ वटै जिल्लाका महिला प्रदेश सांसद, स्थानीय तहका महिला जनप्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी तथा कानुन व्यवसायी महिलाहरु सहभागी रहेका छन् ।

महिला सम्मेलनको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले शुभारम्भ गर्नु भयो । उहाँले कानुन निर्माणमा महिला सांसदहरुको भूमिका प्रभावकारी रहने बताउनु भयो । भण्डारीले नीति र कानुन निर्माणका क्षेत्रमा महिला सहभागिताको अभिबृद्धिका लागि सम्मेलनले सहयोग पुर्याउने आसा व्यक्त गर्नु भयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, नेपाली कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राई, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघीय समाजवादी फोरमकी सांसद राधा थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता बिष्णु तुम्बाहाम्फे, राप्रपा संसदीय दलकी नेता ईन्दीरा राई लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भयो ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्धि र विकासका लागि महिला सहभागिता बढाउने, लैंगिक नीति निर्माण गर्ने र प्रदेशको विकासको आधार तयार गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको बताउनु भयो । आधा दर्जन कार्यपत्रमाथि छलफल गरेर सम्मेलन भोली सकिने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३