प्रकाशित : २० फाल्गुन २०७५, सोमबार १८:५१


विराटनगर, २० फागुन । विराटनगर ५ को बाल संसार मन्टेश्वरी स्कुलले आज महाशिवरात्री पर्व मनाएको छ ।
बालबालिकालाई संस्कृतिबारे चेतना दिने उद्देश्यले महाशिवरात्री पर्व मनाईएको स्कुलका भाईस प्रिन्सीपल सुमन तामाङले जानकारी दिनुभयो ।
सार्वजनिक विदाको दिन भए पनि बालबालिकालाई शिवरात्रीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो । बालबालिकालाई विद्यालय नजिकै रहेको शिव मन्दिरमा लगेर पुजा गरिएको भाईस प्रिन्सीपल तामाङले बताउनुभयो ।
स्कुलले नेपालमा मनाईने विभिन्न धार्मिक पर्वका अवसरमा कार्यक्रम गर्ने गरिएको जनाएको छ । हरेक धर्म संस्कृतिका बारेमा बालबालिकालाई ज्ञान होस भन्नका लागि पनि कार्यक्रम गर्ने गरिएको प्रिन्सीपल खड्ग राईले बताउनुभयो ।
हाम्रा धार्मिक पर्वका बारेमा सानै देखि बालबालिकालाई जानकारी गराइयो भने धर्मसंस्कृतिको संरक्षण हुने उहाँको भनाई छ ।