प्रकाशित : २० फाल्गुन २०७५, सोमबार १८:०५

विराटनगर, २० फागुन । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले तत्काल मन्त्री मण्डल हेरफेर नहुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्री मण्डल हेरफेर हुने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पार्नु भएको हो ।

‘हामी दुई अध्यक्ष बीचमा यस विषयमा केही पनि कुरा भएको छैन,’ प्रचण्डले भन्नु भयो, ‘अहिले तत्काल मण्त्री मण्डल हेरफेर हुने सम्भावना पनि छैन ।’ आवश्यकता अनुसार संविधान संशोधन हुन सक्ने बताउँदै उहाँले राष्ट्रिय जनता पार्टीसँग संविधान संशोधनका समयमा सहमति हुन सक्ने जानकारी दिनु भयो ।

उहाँले अहिल्यै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि बताउनु भयो । मुलुकमा बामपन्थी नमिलुन् र संविधान पनि कार्यान्वयन नहोस भनेर एउटा शक्ति सक्रिय रहेको भन्दै प्रचण्डले त्यस्ता शक्तिलाई सरकारले गर्ने कामका माध्यमबाट उचित जवाफ दिएर परास्त गरिने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अब तपाईहरु हेर्दै जानु होला । सरकारले गति लिएको छ । सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रीत भएको छ । त्यसको रिजल्ट चाँडै पाइने छ ।’

उहाँले नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाको व्यवस्थापन राजनैतिक र प्रशासनिक दुवै तरिकाले गरिने बताउनु भयो । ‘सुरुमा सहमतिका लागि हामी प्रयास गर्छौ’ प्रचण्डले भन्नु भयो, ‘भएर भने प्रशासनिक उपाय पनि अवलम्बन गरिन्छ ।’

विप्लवको गतिविधीलाई प्रचण्डले अतिवादको संज्ञा दिनु भएको छ । उहाँले आफू काठमाडौं फर्किएपछि पार्टी एकता प्रक्रियाको बाँकी कामलाई अघि बढाउने जानकारी पनि दिनु भयो ।

‘हामी दुवै अध्यक्षको भेट भोली पूर्वमै हुन्छ,’ प्रचण्डले भन्नु भयो, ‘यहाँबाट दुवै जना फर्किएपछि पार्टी एकताका बाँकी काममा लागिने छ ।’ मुलुकमा भएका ठूला घटना र दुर्घटनाले केही दिन पार्टी एकताको कामले गति लिन नसकेको उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३