प्रकाशित : २० फाल्गुन २०७५, सोमबार १७:२०

विराटनगर २० फागुन । विराटनगरमा नमूना आवास गृह बनाईने भएको छ । नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा वडा नं. ५ शंकरबारी चौकमा १ सय नमूना आवास गृह बनाइने भएको हो ।

झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको आज शिलान्यास गरिएको छ ।

नमूना आवास गृहको सिलान्यास गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिडेरहेको बताउनुभयो ।

उहाँले भुमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताउनुभयो । उहाँले विराटनगरमा भइरहेका विकास निर्माणका कामहरु सन्तोषजनकरुपमा अगाडी बढीरहेको बताउनुभयो ।

आफु संलग्न भएर महानगरपालिकाका प्रमुखको अगुवाइमा भएका सवै कामले पूर्णता पाउने दावी समेत गर्नुभयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरु हुदै गएको बताउनुभयो ।

राज्यले जग्गा र धनीपुर्जा बाड्ने भन्दा पनि निश्चित बर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिएनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।

आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल, उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ लगायतको समेत सहभागिता रहेको छ ।

नेपाल सरकारको २ करोड , विराटनगर महानगरको १ करोड, ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोगमा नमूना आवास निर्माण हुने बताईएको छ । नमूना आवासका लागि उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर निर्माण गर्ने बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३