प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार १८:४६


विराटनगर, १९ फागुन । विराटनगरमा प्रादेशिक महिला सम्मेलन हुने भएको छ । प्रदेश नं. १ का महिलाहरुलको अवस्था एंव सवालहरुको पहचानगरी लैंगिक नीति तर्जुुमा गर्ने उद्देश्यले प्रादेशिक महिला सम्मेलन हुुने भएको हो ।
सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलनगरी फागुुन २१ र २२ गते विराटनगरमा महिला सम्मेलनगर्न लागेको जनाएको छ ।
सम्मेलनमा प्रदेससभाका महिला सदस्य, स्थानीय तहका महिला प्रमुुख, उपप्रमुुख, कार्यपालिकाका सदस्य, जिल्ला समन्वय समितिका उपप्रमुुख, एकल महिला तथा मानवअधिकार रक्षक तथा महिला संचारकर्मीगरी ५ सय भन्दा वढी महिलाहरुको सहभागिता रहने छ ।
दुुईदिने सम्मेलनले महिलामाथी हुुने हिंसा अन्त्यका लागि प्रादेशिक नीति तथा कार्य योजना वनाउने मन्त्रालयका सचिव हरिप्रसाद दाहालले वताउनुुभयो ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुुख दुुर्गा भण्डारी (बराल)ले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर प्रदेश न १ महिलालाई आर्थिक, सामाजिक विकासको मुुलप्रवाहमा ल्याउन सम्मेलन आयोजना गर्न लागिएको वताउनुुभयो ।
सम्मेलनमा महिलाको हक अधिकारका विषयमा विभिन्न कार्यपत्र प्रस्तुुत हुुने छ । प्रदेश नं. १ को ४५ लाख जनसंख्या मध्ये महिलाको जनसंख्या २६ लाख ६८ हजार ४ सय ७ रहेको छ ।