प्रकाशित : १९ फाल्गुन २०७५, आईतवार १३:००

काठमाडौं, १९ फागुन।  प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

हिजो राती उपचारको क्रममा निधन हुनुभएका ८३ बर्षीय अधिकारीलाई प्रधानमन्त्री ओलीले आज बिहान पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पुगेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

अधिकारीको पार्थीव शरिरमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर सम्मान गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री हुनुभएको थियो ।

यसैबीच नेकपाको आज बिहान बसेको सचिवालय बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । अध्यक्ष ओली र दाहालले जारी गरेको वक्तव्यमा अधिकारीले मुलुकको परिर्वतन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको छ ।

वक्तव्यमा अधिकारीकी श्रीमती सविता,छोरीहरु लुना,लिमा र लिजा लगायत सम्पूर्ण आफन्जनमा समवेदना व्यक्त गरिएको छ ।पार्टीको

सचिवालय बैठकले अधिकारीलाई सबैसंग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका भएका नेताको रुपमा स्मरण गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३