प्रकाशित : १८ फाल्गुन २०७५, शनिबार १६:३२

विराटनगर, फागुन १८ । शिक्षण संस्थामा रहेका ल्यावको पुर्नसंरचना गर्न आवस्यक रहेको यूवा वैज्ञानिकहरुले बताएका छन् । विज्ञान प्रयोगशालामा अहिलेपनि ४० बर्षदेखिका ल्याव भएको उनीहरुको भनाई छ ।

यूवा वैज्ञानिकहरुले वुवाको पालाको ल्यावको भरमा अहिलेपनि अध्ययन गर्नुपरिरहेको गुनासो गरेका छन् । उनीहरुले विज्ञान र प्रविधिको विकाससँगै ल्यावहरुको पनि सुधार गर्दै जानुपर्ने बताएका छन् ।

राष्ट्रिय यूवा परिषद्को आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको वैज्ञानिक सम्मेलनमा सहभागि यूवा वैज्ञानिकहरुले प्राविधिक शिक्षाको पुर्नसंरचना आवस्यक रहेको बताएका हुन । राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले सम्मेलनमा सहभागिहरुले यूवा वैज्ञानिक कोष स्थापनाका लागि पनि माग गरेको बताउनुभयो ।

उहाँका अनुसार सहभागिहरुले यूवा मैत्री नीतिको पनि अपेक्षा गरेका छन् । प्रदेश नं. १ स्तरिय दुई दिने सम्मेलनको आज समापन गर्दै राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष ढुंगेलले सहभागिहरुले मुख्यरुपमा शिक्षण संस्थामा रहेका ल्यावहरुको सुधार आवस्यक रहेकोमा जोड दिएको बताउनुभयो ।

समापन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका एकसय सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि विषयको अध्यापन गराइने तयारी गरिएको बताउनुभयो । उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको जानकारी दिनुभयो ।

दक्ष युवा वैदेशिक रोजगारीमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउँदै उहाँले मुलुकको विकासमा आफ्नो क्षमता, सिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने विश्वास दिलाउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध प्रदेश निर्माण गरिने बताउनुभयो ।

राष्ट्रिय यूवा परिषदका उपसचिव देवीप्रसाद अधिकारीले विज्ञान र प्रविधिलाई प्रवद्र्धन गरी युवालाई नीति निर्माण तहमा सहभागी सुनिश्चित गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यूवा वैज्ञानिक सम्मेलनमा प्रा.डा. रामेश्वर अधिकारी, डा. महेन्द्र थापा र शंकर खतिवडाले विज्ञान र प्रविधि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले विज्ञानको स्थानीयकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा तुलसीप्रसाद निरौलाले प्रदेश नं. १ मा विज्ञान अध्ययनहुने क्याम्पसको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विज्ञान सम्मेलनमा १ नं. प्रदेशका ११ जिल्लाका विज्ञान संकायमा अध्ययनरत २ सय विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३