प्रकाशित : १८ फाल्गुन २०७५, शनिबार ०७:११

विराटनगर, १८ फागुन । युवाहरुलाइ विज्ञान तथा अनुसन्धानमा उत्प्रेरीत गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्को आयोजनामा विराटनगरमा जारी दुइ दिने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन आज सकिदैछ ।

यसअघि हिजो सम्मेलनको उद्घाटन गर्दै एक नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले जिवन उपयोगि अनुसन्धान गर्नु पर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका विद्यार्थीहरुले अहिलेसम्म गरेका अनुसन्धान औपचारीकतामा मात्रै सिमित हुँदा विश्वविद्यालयका पुस्तकालयमा थन्कीएको उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै युवा परिषद्का अध्यक्ष माधवप्रसाद ढुङ्गेलले सुखि नेपाली सम्बृद्ध नेपालको परिकल्पना पुरा गर्ने आधार नै विज्ञान र प्रविधि भएकाले राज्यले यसलाइ पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

विद्यार्थीहरुले औपचारिकताका लागि मात्रै अनुसन्धान गर्ने गरेको बताउँदै उहाले राज्यले अनुसन्धानलाइ प्राथमिकता दिनुपर्ने र त्यसमा लगानि समेत गर्नुपर्नेमा जोड दिनुभयो ।

गुणस्तरिय र उपयोगि अनुन्धानका लागि युवा परिषद्ले बजेट समेत छुट्याएको उहाले जानकारी दिनुभयो । सम्मेलनमा विज्ञान, प्रविधि र अनुसन्धानका विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३