प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार १९:०१

विराटनगर, १७ फागुन । मोरङ जिल्लाको तीनवटा स्थानीय तहमा किशोरी परियोजना शुरु भएको छ । ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका ६ वटा विद्यालय र ३ वटा स्वास्थ्य चौकीमा किशोरी परियोजना शुरु भएको हो ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा नारी विकास संघ विराटनगरले विद्यालय तथा स्वास्थ्य चौकीमा कार्यक्रम गर्न लागेको हो ।

परियोजना अन्तरगत विद्यालय तथा स्वास्थ्य चौकीमा शौचालय निर्माण, महिनावारीको समयमा आराम कक्ष,बालिका मैत्री हेल्थपोष्ट बनाउन लागिएको हो ।

त्यस्तै परियोजनाले किशोर किशोरी मैत्री समुदाय निर्माण गर्ने छ । एक घर एक स्नान घरको रुपमा लैजाने तयारी परियोजनाले गरेको छ । विशेषगरी भौतिक संरचना निर्माण र बालबालिका तथा अभिभावक लक्षित तालिम र अन्तरक्रिया समेत परियोजनामा समेटिएको छ । परियोजनाबारे आज कटहरी गाउँपालिकामा छलफल गरिएको छ ।

बालिकाहरुलाई महिनावारी स्वच्छता व्यवस्थापनका लागि घरदेखि विद्यालय र स्वास्थ्य संस्थामा उपयुक्त वातावरणको सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो ।

छलफल कार्यक्रममा वडाध्यक्ष पृथ्वीलाल सरदारले स्वास्थ्य र बालबालिकाको सवालमा वडा कार्यालय संवेदनशिल रहेको बताउनुभयो ।

किशोरीहरुकालागि निर्माण गर्न लागिएको आराम कक्षसँगै परामर्श कक्षको पनि व्यवस्था गर्न शिक्षा विकास तथा समन्वय इकाई मोरङका श्रोतव्यक्ति टंक न्यौपानेले सुझाव दिनुभयो ।

गाउँपालिकाकाले गरिने कार्यक्रम बालबालिका केन्द्रित नै हुने गरेको कटहरी गाउँपालिका शिक्षा शाखाका प्रमुख शिवप्रसाद घिमिरेले बताउनुभयो ।

स्वास्थ्यमा कार्यक्रम धेरै भएपनि बजेट थोरै आउने भएकाले सहकार्य गरेर काम गर्न आफुहरु तयार रहेको स्वास्थ्य शाखा प्रमुख उदयकान्त सेठले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३