Breaking News

बीपीका उपकुलपति रौनियार पदमुक्त

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १८:५५

विराटनगर, १७ फागुन । पटक–पटक विभिन्न विवादमा तानिंदै आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई आजबाट पदच्यूत गरिएको छ ।

पदिय दुरुपयोग गरिएको र प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीको निर्देशन अवज्ञा गरेको भन्दै उहाँलाई बर्खास्त गरिएको हो ।

मुलुककै सुविधासम्पन्न स्तरीय चिकित्सालय बीपी प्रतिष्ठानका उपकुलपति बर्खास्त प्रकरणलाई पनि विवादको एउटा नमुनाका रुपमा लिइएको छ । आज प्रतिष्ठानको ४२ औं सिनेट बैठकमा गरिएको डा. रौनियारलाई पदच्यूत गर्ने निर्णयले बीपीमा नयाँ हलचल ल्याएको छ ।

सिनेटले उहाँको स्थानमा शिक्षाध्यक्ष गुरुप्रसाद खनाललाई कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेट बैठकले भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा पदीय दुरुपयोग गर्दै भ्रष्टाचार गरेको ठहर गरेर रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

डा. रौनियारले यस अघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दुई पटक बोलाइएको सिनेटलाई समेत बहिस्कार गर्नु भएको थियो ।

यसैगरि, तेस्रो पटक बोलाइएको सिनेट समेत प्रतिष्ठानको ऐन विपरित भएको भन्दै प्रधानमन्त्री कार्यालयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।

करिब दुई वर्षको अवधिमा तीन वटा छानविन कमिटीले पदिय दुरुपयोग गरेको ठहर गरेपछि सरकारलाई समेत उपकुलपतिलाई कारवाही गर्न नैतिक दवाव परेको मन्त्रालय निकट श्रोतले जनाएको छ ।

उपकुलपति डा. रौनियारले भने आफू अन्यायमा परेको बताउनु भएको छ । आफूलाई समेत सहभागी नगराइकन सिनेट बैठक बोलाइएको र पदच्यूत गरिएको विषयले आफू पीडित बनेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३