Breaking News

विराटनगरमा सहकारी सम्बन्धी गोष्ठी शुरु

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १८:५२

विराटनगर, १७ फागुन । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ सहकारी क्षेत्रको प्रबद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिकाको विषयमा छलफल गर्न दुई दिने गोष्ठी विराटनगरमा आजबाट सुरु भएको छ ।

गोष्ठीमा प्रदेश सरकारका उच्च अधिकारी, प्रदेशसभाका सांसदहरु, १ नम्बर प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरू र सहकारीसँग आवद्ध अगुवाहरु रहेका छन् ।

प्रदेश सरकार र स्थानीय सरकारले सहकारी नियन्त्रण नियमन, अनुगमन र प्रबद्र्धनका लागि धमाधम कानून निर्माण गरिरहेका बेला राष्ट्रिय सहकारी महासंघको आयोजना, प्रदेशको सहकारी मन्त्रालय र युएनडिपीको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कानुन निर्माणको चरणमा प्रदेश तथा स्थानीय सरकार रहेको भन्दै सरकारहरु सहकारीमैत्री बन्नुपर्ने धारणा राख्नु भयो ।

गोष्ठीमा सहकारी क्षेत्र प्रबद्र्धनमा सहकारीमैत्री कानून निर्माण विषयक कार्यपत्र भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले, समृद्धिको यात्रामा प्रदेश स्थानीय सरकार र सहकारीबीचको समन्वयको विषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले र दिगो विकासको लक्ष्य प्राप्तीमा सहकारीको भूमिका विषयमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले कार्यपत्र प्रस्तुत गर्नु भयो ।

कार्यपत्रमाथिको छलफल भोली हुने र कार्यक्रम सकिने आयोजकको भनाइ छ । उक्त गोष्ठीमा छलफल भएका विषयलाई प्रदेश सरकार तथा स्थानीय सरकारलाई कानुन निर्माणका क्रममा समेट्न पहल र प्रयत्न गरिने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३