प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार १८:४८

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ ।

उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए ।

अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो ।

नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए । अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ ।

काजकिरिया उहाँको पोखरा मालेपाटनस्थित घरमा हुनेछ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अन्य ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर केसी र दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

त्यसैगरी अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव भने परिवारलाई बुझाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३