प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार ११:००

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शबमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । मृतकको शब पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुंडीखेलमा राखिएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नकेपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओडाउनुभएको छ ।

मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,पूर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु,कर्मचारी,सुरक्षा निकाय,मृतकका आफन्त र सर्वसाधरणले श्रद्धान्जली अर्पण गरेका छन् ।

श्रद्धान्जलीका लागि शबहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुंडीखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने कार्यक्रम छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३