Breaking News

विराटनगरमा वैज्ञानिक सम्मेलन हुने

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार ०७:२१

विराटनगर, १६ फागुन । विराटनगरमा वैज्ञानिक सम्मेलन हुने भएको छ । फागुन १७ र १८ गते दुई दिवसीय युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।

राष्ट्रिय युवा परिषद्को आयोजना तथा प्रदेश एकको सामाजिक विकास मन्त्रालयको समन्वयमा उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा प्रदेश एकका युवा वैज्ञानिक तथा अन्य वैज्ञानिकहरुको प्रस्तुतिहरु रहनेछन् । प्रदेश स्तरीय वैज्ञानिक सम्मेलनमा एक सय ५० भन्दा बढी वैज्ञानिकहरुको उपस्थिति रहने परिषद्का उपसचिव देवी अधिकारीले बताउनुभयो ।

पहिलो दिन काठमाण्डौबाट आउनुहुने वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत हुने र दोश्रो दिन स्थानीय वैज्ञानिकहरुका बीचमा प्यानल छलफल हुने बताइएको छ ।

वैज्ञानिकहरुको यो भेलालाई प्रदेश सरकारले एउटा उत्सवको रुपमा लिएको र यसले विज्ञानलाई विकासमा कसरी प्रयोग गर्न सकिएला भन्ने कुराको निष्कर्ष दिने अपेक्षा गरिएको सामाजिक विकास मन्त्रालय,शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख दिव्यराज कट्टेलले जानकारी दिनुभयो ।

वैज्ञानिक सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मूल आयोजक समिति र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमिति गठन गरिएको युवा तथा खेलकुद महाशाखा प्रमुख उपेन्द्र दाहालले बताउनु भयो ।

उक्त वैज्ञानिक सम्मेलनले वैज्ञानिक र सरकारको विचार आदानप्रदान गरी देश विकासका निम्ति दुवैको सहकार्य अपरिहार्य हुने कुरा महसुस गराई युवा वैज्ञानिकहरुलाई देशमा योगदान दिन प्रेरित गरिने आशा राखिएको मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३