प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार १९:०७

विराटनगर, १५ फागुन । कृषि र पर्यटन प्रदेश नं १ को विकासको मुल स्रोत भएकाले त्यसैलाई आधा बनाइदै आगामी योजना निर्माण गर्न प्रदेश योजना आयोगलाई सुझाव दिएका छन् ।

विराटनगर स्थित स्नातकोत्तर क्याम्पसले आयोजना गरेको ‘प्रदेश योजनाको आधार र दिगो विकासका तथ्यहरु’ बिषयक छलफल कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जयराम यादवले कृषिलाई मर्यादित पेशा नबनाएसम्म प्रदेश नं १ को विकास नहुने बताउनु भयो । उहाँले जथाभावी रुपमा योजना बनाउने र त्यसको दुरुपयोग गर्ने काम ठिक नभएको स्पस्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै १ नं प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले आधारभूत तहका जनताको आवश्यकता पहिचान गरी योजना बनाउने तयारी भईरहेको जानकारी गराउनु भयो ।

उहाँले प्रदेश योजना आयोगले निर्माण गर्ने सबै योजनाहरुलाई विश्व विद्यालयका प्रध्यापकहरुसँग समन्वय गरेर अन्तिम रुप दिने बताउनुभयो ।

उहाँले प्रदेश नं १ को कुल ग्राहस्थ उत्पादनको अवस्था राम्रै रहेपनि शिक्षा र चेतनाको अवस्था कमजोर रहेको जानकारी गराउनुभयो । आगमी बर्ष देखि एउटा मात्र पालिकामा सिमित हुने कुनै पनि योजनामा प्रदेश सरकारले लगानी नगर्ने नीति तय गर्न लागिएको पनि उहाँले पस्पस्ट पार्नुभयो ।

‘जनप्रतिनिधिको आवश्यकताले भन्दा पनि स्थानीय जनताको आवश्यकता र चाहना अनुसार विकासको योजनाहरु तय गर्नुपर्छ’– उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिमसिनाले विकासका स्रोतहरुको पहिचान गर्न नसक्ता विकासले गति लिन नसकेको बताउँदै भौगोलिक पहिचान गरेर योजना निर्माण गर्न सुझाव दिनुभयो ।

प्रा डा देबराज आचार्यलये सुशासन सहितको लगानीले मात्र दिगो विकास हुने भएकाले लगानी भित्र्उन र कार्यन्वयनमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले चन्दा आतङ्क र सुरक्षाको समस्याले लगानी आउन नसकेको तर्क गर्दै जहाँ सुरक्षित बातावरणमा आय आर्जन गर्न सकिन्छ मानिस त्यही बस्नेत भएकाले सुशासन विकासको पहिलो सर्त हो भन्नुभयो ।

प्रा डा आचार्यले किसानले उत्पादन गरेका बस्तुले उचित मूल्य पाउन नसक्ता कृषि उत्पादन बढ्न नसकेको दृष्टान्त प्रस्तुत गर्दै उत्पादित बस्तुको विक्रि गर्न प्रदेश स्तरीय सहकारी आवश्यक रहेको सुझाव उहाँले दिनुभयो ।

प्रा डा दामोदर थापाले परम्परागत खेती प्रणालीबाट कृषि विकास संभव नभएको बताउँदै कृषिको विकासका लागि सरकारले लगानी नै खेती गर्ने नीति ल्याउन आवश्य रहेको औल्याउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३