प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार १८:५३

विराटनगर, १३ फागुन । प्याकेजीङ बाहेक खुल्ला रुपमा दूध बेच्न नपाए आन्दोलन गर्ने विराटनगरका दुग्ध व्यवसायीले चेतावनी दिएका छन् ।

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ ले खुल्ला दूध बेच्न रोक लगाएसँगै विराटनगरमा आज पत्रकार सम्मेलन गरेर व्यवसायीले चैत ४ गतेबाट आन्दोलन थाल्ने घोषणा गरे । उनीहरुले बेचविखन बन्द गरेर साना किसान तथा व्यापारीलाई मार्ने नियतका साथ निर्देशिका ल्याइएको भन्दै विरोध जनाए ।

उनीहरुले थोरै लगानी गरेर सञ्चालनमा ल्याएका आफ्ना साना डेरी उद्योग ठूला डेरीको आग्रहमा सरकारले बन्द गराउन खोजेको आरोप लगाउँदै निर्देशिका सच्याउन माग पनि गरेका छन् ।

डेरी व्यवसायी संघ विराटनगरका अध्यक्ष मनोज भुजेलले साइकलमा राखेर बेच्न पाइने तर आफूहरुले ताजा र स्वच्छ दूध किसानबाट लिएर बिक्री गर्न नदिने भन्नु अन्याय पूर्ण भएको गुनासो गर्नु भयो ।

उहाँले थोरै लगानीमा डेरी सञ्चालन भएकोले प्याकेजीङमा गइहाल्ने अवस्था नभएको भन्दै साना डेरी व्यवसायीले तुरुन्त लगानी गर्न नसक्ने, बन्द पनि गर्न नसक्ने र समय पनि कम हुँदा अन्याय भएको बताउनु भयो ।

संघका सदस्य कूलप्रसाद रेग्मीले विराटनगरमा दैनिक ८० हजार लिटर दूध खपत हुने गरेकोमा ७० प्रतिशत साना डेरीले कारोवार गर्ने गरेको बताउनु भयो ।

उहाँले खुल्ला दूध गुणस्तरहीन भए त्यसको चेकजाँच गर्नु पर्ने तर व्यवसाय नै बन्द गर्ने हिसावमा निर्देशिका लागू गर्न नहुने बताउनु भयो । संघका अनुसार विराटनगर महानगर भित्र मात्र दूधको कारोवार गर्ने २ सय ४५ वटा डेरी पसल रहेका छन् जसले दैनिक करिब ५६ हजार लिटर दूध बिक्री गर्दै आएका छन् ।

विराटनगरका डेरी पसलहरुमा ४० करोडभन्दा बढीको लगानी रहेको व्यवसायीको दावी छ । सरकारले दूध बिक्रीमा प्रतिबन्ध लगाए आफूहरुको लगानी डुब्ने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

एउटा सानो डेरीमा ३ लाखदेखि २५ लाख सम्म लगानी रहेको रेग्मीले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३