प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ११:००

विराटनगर, १३ फागुन । धनकुटा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर फर्काउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका–८ का २७ बर्षीय बालकुमार पुलामी मगर र ट्याक्टरमा सवार ११ बर्षीय अनिल मगरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि ३८ बर्षीय छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका – ९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ ।

हिजो साँझ को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थानकी ३२ बर्षीया माया तामाङलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३