Breaking News

निर्देशिका तत्काल कार्यन्वयमा नल्याउन दुध डेरी सञ्चालकको माग

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १८:४३

विराटनगर, ११ फागुन । कृषि तथा पशुपंछी मन्त्रालयले कार्यान्वयमा ल्याउन लागेको दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धि निर्देशिका २०७५ तत्काल कार्यन्वयमा नल्याउन दुध डेरी सञ्चालकहरुले माग गरेका छन् ।

निर्देशिका तत्काल कार्यन्वयमा ल्याए सयौ डेरी सञ्चालकहरु बन्द भई करोडौको लगानी डुब्ने उनीहरुको भनाई छ । नयाँ निर्देशिकाको २९ नम्वर को क, ख बुँदा डेरी पसल बन्द गर्ने नियतले आएको विराटनगर स्थित हाम्रो दुध डेरीका सञ्चालक काजी रेग्मीको आरोप छ । निर्देशिकाको २९ को (क) अनुसार तोकिएको गुणस्तर परिधि अनुरुपका दूध तथा दुग्ध पदर्थ मात्र विक्रि वितरण गर्न पाईने छ भने २९ (ख) अनुसार लेबल विवरण भएका प्रशोधित दूध तथा दुग्ध पदार्थहरु मात्र खरिद तथा वित्रिवितिरण गर्न पाइन्छ ।

निर्देशिकाको यी दुई बुँदा ठुला दुध डेरीलाई पोस्ने र गाउँबाट आफै दुध सङ्कलन गरी बजारमा विक्रिवितरण गर्ने डेरी पसल बन्द गर्ने नियतले आएको देखिन्छ । त्यसैले यसलाई सकेसम्म परिमार्जन गरेर मात्र कार्यन्वयमा लैजानुर्नेे उनीहरुको माग छ ।

डेरी पसलेहरुले ग्रामिण क्षेत्रका किसानबाट दुध सङ्कलन गरी शहरी क्षेत्रका उपभोक्तालाई दुध विक्रि वितरण गर्दै आएका छन् । तर नयाँ निर्देशिकामा त्यसरी खुल्ला रुपमा दुध तथा दुग्धजन्य पदार्थ वित्रि वितरण गर्न प्रतिवन्द लगाएपछि डेरी पसलेहरु निर्देशिकाको विरोधमा देखिएका हुन् ।

गत असोज ४ गते जारी गरिएको उक्त निर्देशिका आगमी चैत ४ गते देखि कार्यन्वयमा लैजाने गरी सरकारी पक्षले त्यसको प्रचार प्रसार गरिरहेको छ । तर यति छोटो अवधिमा निर्देशिका कार्यन्वयनमा लैजान नहुने डेरी पसलेहरु बताउँछन् ।

निर्देशिकाले उल्लेख गरे अनुसार डेरी पसलमा उपकरणको व्यवस्था गर्न कम्तिमा एक बर्षको समयवधि आवश्य पर्ने विराटनगर स्थित शान्ति डेरी पसलका सञ्चालक किशोर थापाले बताउनुभयो । साना तथा घरेलु उद्योग अन्तर्गत दर्ता भई सञ्चालनमा रहेका डेरी पसलबाट ठूलो उद्योगको जस्तो कारोबार खोज्न नहुने थापाको तर्क छ ।

नयाँ निर्देशिका लागु भई सयौ डेरी पसलहरु बन्द हुँदा त्यसको प्रभाव गाउँमा व्यवसायिकरुपमा गाई/भैसी पालन गरी दुध विक्रि गर्दै आएका किसानलाई समेत पर्ने र त्यस्तौ कयौ पशु फर्महरु पनि बन्द हुने कालीका दुध डेरी पसलका सञ्चालक गोपाल मिश्रले बताउनुभयो ।

आफुहरुले विक्रि गरेको दुधले अहिले सम्म कुनै पनि उपभोक्ताको स्वास्थ्यमा नोक्सानी नपुगेकाले त्यस्ता डेरी पसललाई कडा कानूनले नियमन गर्नु उचित नभएको मिश्रको तर्क छ ।

डेरी पसलका करणले गाउँका गाई पालक किसान र शहरका उपभोक्ता दुबै पक्ष फाईदामा रहेकाले निर्देशिका कार्यन्वयको समयवधि बढाएर व्यवस्थित हुने मौका दिनुपर्ने डेरी पसलेहरुको भनाई छ ।

विराटनगर बजार क्षेत्रमा मात्र झण्डै दुई सय ५० डेरी पसल सञ्चालनमा रहेका छन् । त्यस्ता पसलको माध्यमबाट दैनिक ५० देखि ६० हजार लिटर दुध विक्रि वितरण हुँदै आएको छ ।

प्रति डेरी पसलमा दुई देखि २५ लाख सम्म लगानी भएको बताउनुभयो ।

देशभरीमा यस्ता हजारौ डेरी पसल रहेको र त्यसमा करोडौ लगानी भई सयौ व्यक्ति स्वरोजगार भएका छन् । तर हठातमा त्यस्ता पसल बन्द भएमा करोडौ लगानी डुब्नुका साथै ठूलो जनशक्ति विदेशीनु पर्ने अवस्था आउने डेरी पसल सञ्चालकहरु बताउँछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३