प्रकाशित : ११ फाल्गुन २०७५, शनिबार १७:३४


विराटनगर, ११ फागुन । शिक्षादीप कलेज विराटनगर १० औं बर्षमा प्रवेश गरेको छ । कलेजले आज विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा कलेजले लिएको आन्तरीक तथा बोर्ड परिक्षामा उत्कृष्ट हुने र आन्तरिक तथा हिसान खेलकुदमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
वार्षिकोत्सवको विद्यार्थीले नृत्य, गायन, कवितालगायत प्रस्तुत गरेका थिए । बार्षिकोत्सवका अवसरमा वर्षभरी उत्कृष्ट काम गरेको भन्दै कलेजका कर्मचारी प्रेम कुइकेल तथा शिक्षक भोला लुइटेललाई नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्रदेश १ का प्रदेश सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, राष्ट्रिय परिक्षा बोर्ड विराटनगरका प्रमुख दिर्घध्वज चापागाई, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका निर्देशकद्धय शंकर भट्टराई र बसन्त बस्नेत, कलेजका मुख्य निर्देशक रमेश मण्डल प्रिन्सिपल ज्ञानबहादुर खड्का लगायतले बोल्नु भएको थियो ।