प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १८:५१

विराटनगर, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वघोषित कार्यक्रम अनुसार आजबाट पहिलो चरणको जनसंघर्ष कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम अन्र्तगत सो पार्टीले सातै प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारलाई आफ्ना मागको बिषयमा ज्ञापनपत्र पठाएको छ ।

सो पार्टीको प्रदेश कार्यसमितिले आज विराटनगरस्थित प्रदेश एकको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई २२ बुंदे मागसहितको ज्ञापनपत्र पठाएको छ ।

¥यालीसहित मुख्यमन्त्री कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी आबद्ध नेता तथा कार्यकर्ताहरुले उक्त कार्यालयका उपसचिव चन्द्रबहादुर कार्की मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश समिति अध्यक्ष राम थापाले उपसचिव कार्कीलाई ज्ञापन हस्तान्तरण गर्नुभयो ।

ज्ञापनपत्रमा दशबर्षको सशस्त्र द्वन्द तथा अर्को दशबर्षको संक्रमणकाल पश्चातपनि आम जनताले सकारात्मक परिवर्तनको अनुभुति गर्न नपाएको दाबी गरिएको छ । २२ बुंदे माग समेटिएको ज्ञापनपत्रमा फाल्गुन मसान्त भित्र माग पुरा नगरिएमा चैत्र पहिलो साताबाट देशब्यापी जनसंघर्ष चर्काउने चेतावनी दिइएको छ । सो पार्टीले त्यसअघि फाल्गुण १५ देखि ३० गतेसम्म मेचीकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३