Breaking News

विराटनगरमा अन्र्तराष्ट्रिय नाटक महोत्सव हुने

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार १४:१६

विराटनगर, ६ फागुन । विराटनगरमा अन्र्तराष्ट्रिय नाटक महोत्सव हुने भएको छ । गुरुकुल विराटनगरको आयोजनामा आगामी फागुन १५ देखि २४ गते सम्म १० दिन अन्र्तराष्ट्रिय नाटक महोत्सव गरिने आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

प्रदेश नं. १ मा पहिलो पटक अन्र्तराष्ट्रिय नाटक महोत्सव गरिन लागेका आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो ।

नाटक महोत्सवमा नेपालका ५ वटा नाटक समूहका ५ वटा नाटक र भारत, बंगलादेश, श्रीलंका, अफगानस्तान र इटालीका १/१ वटा नाटक मञ्चन हुने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

दैनिक एक पटक मञ्चन गरिने नाटकमा नेपालका १ सय र अन्य मुलुकबाट १ सय जना कलाकारको सहभागिता रहने बताईएको छ । नाटक जञ्चन पछि हरेक दिन कलाकारहरुवीच अन्र्तक्रिया गरिने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

नाटक सञ्चालनका लागि करिव २२ लाख ५० हजार खर्च हुने आयोजकले बताएको छ । अध्यक्ष क्षेत्रीका अनुसार सञ्चालन खर्च स्थानीय र प्रदेश सरकारका साथै अन्य संघ संस्थाहरुबाट व्यवस्थापन गरिने छ । महोत्वसको सुरुवात आरोहणले ‘विराट पर्व’ नामक नाटक बाट गर्नेछ ।

विराटनगरको भेडियारीमा रहेको विराट राजाको दरबारसँग जोडिएको नाटक विराट पर्व गुरुकुलले मञ्चन गर्ने भएको हो ।

त्यसैगरी, बङ्गलादेशबाट ‘मातब्रिङ’, इटालीबाट ‘डिसापारासिड ओएस ४३’, भारतबाट ‘चम्पावती’, श्रींलकाबाट ‘लभ एण्ड लाइफ’, आफ्गानिस्तानबाट ‘ता राहाये’ नामक नाटक मन्चन हुनेछ ।

त्यसै गरी झोराहाट नाट्य समूह, परिवर्तन थिएटर काँकडभिट्टा, थिएटर नेपाल उदयपुर र कदम थिएटर दमकको प्रस्तुति रहने कलाकार अशोक गौतमले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३