Breaking News

दर्शकलाई रुवाउँदै सकियो मुनामदन

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १८:३४

विराटनगर, ४ फागुन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन नाटकको मञ्चन आज सकिएको छ ।

विराटनगर हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आज औपचारिक रुपमा मुनामदनको मञ्चन सकिएको हो । महाकवि देवकोटाको चर्चित कृति मुनामदनमा आधारित नाटक हेर्न हरेक दिन विभिन्न विद्यालय, क्याम्पसका विद्यार्थी र अन्य दर्शकको भीड लागेको थियो ।

विराट आदर्श साहित्यिक मञ्चको आयोजनामा माघ २२ गतेदेखि सुरु भएको नाटक हरेक दिन ५ शो सम्म मञ्चन भएको आयोजक समितिका अध्यक्ष कटवाल दीपकले जानकारी दिनुभयो ।

आज नाटक मञ्चनअघि मुख्य प्रायोजक र सहयोगीहरुलाई मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले माला लगाएर स्वागत गर्नुभएको थियो । समापन शो मा पनि दर्शकको अत्यधिक भीड लागेको थियो । युवा साहित्यकार कट्वाल दीपकले मुनामदनको नाट्य रुपान्तरण गरेको नाटकको निर्देशन सविन कट्टेलले गर्नुभएको हो ।

इटहरी, रंगेली, दुहबी, विराटनगरलगायतका विद्यालय र क्याम्पसहरुले अग्रिम शो बुकिङ गरेर विद्यार्थीहरुलाई नाटक हेर्ने व्यवस्था मिलाएका थिए ।

लकेश दंगाल, सरु कटवाल, जीविका लिम्बू, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटीलगायतले नाटकमा अभिनय गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३