प्रकाशित : ४ फाल्गुन २०७५, शनिबार १८:३१

विराटनगर, ४ फागुन । प्रदेश १ का १४ वटै जिल्लाका बसपार्कहरुमा आज सरसफाई गरेर त्यहाँ थुप्रिएका फोहोर संकलन र व्यवस्थापन गर्ने काम भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह, नेपाल र ट्राफिक प्रहरी, विभिन्न संघ संस्था, सरसफाईसँग सम्बन्धित क्लबहरु र आमा समूहहरुको सक्रियतामा प्रदशे भरीका बसपार्क सरसफाई गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविराज पौडेलले बताउनु भयो ।

विराटनगरसहित मोरङका तीन, सुनसरीका तीन, झापाका चार, धनकुटाका तीन, इलामका तीन, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु समेतका जिल्लाका बसपार्कमा थुप्रिएका फोहोरहरु संकलन गरेर व्यवस्थापन गर्ने काम भएको हो ।

सबै जिल्लाका बसपार्कबाट ४० ट्रयाक्टर फोहोर संकलन गरेर व्यवस्थापन गर्ने जिम्मा सम्बन्धीत स्थानीय तहलाई दिइएको एसपी पौडेलले बताउन भयो ।

उहाँका अनुसार बसपार्क सरसफाई र फोहोर संकलनका लागि आवश्यक पर्ने बेल्चा, झाडु, माक्स, ग्लोब्स, ट्र्याक्टर, फोहोर फ्याल्ने बकेट समेतको व्यवस्था ट्राफिक प्रहरीले गरेको हो । सबै बसपार्क सरसफाईमा पाँच हजार भन्दा बढीको उपस्थिती रहेको जनाइएको छ ।

सरसफाईपछि सबै बसपार्कमा फोहोर जन्य पदार्थ राख्नका लागि ड्स्टविनको व्यवस्था गरिएको पौडेलले बताउनु भयो ।

उहाँका अनुसार बसपार्कमा जथभावी फोहोर फ्याँक्न नपाइने र फोहोर गरेमा जरिवानासहितको कारवाही हुने उल्लेख गरेर सन्देशमुलक सामग्रीहरु पनि राखिएका छन् । धेरै व्यस्त रहने बसपार्क संधै सफा राख्नु पर्छ भन्ने उदेश्यले ‘सफा राखौं, स्वस्थ्य बनौं’ भन्ने नाराका साथ बसपार्कको सरसफाईलाई विशेष ध्यान दिन थालिएको जानकारी एसपी पौडेलले दिनु भयो ।

उहाँले बसपार्कमा जथाभावी फोहोर फ्याँक्नेलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धीत स्थानीय तहहरुले जरिवाना तोक्ने तयारी समेत गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३