प्रकाशित : ४ फाल्गुन २०७५, शनिबार १८:२७

विराटनगर, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुलाई आज बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिनुभएको छ ।

महासंघको टोलीले बैंक तथा वित्तीय संस्थाद्वारा चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा आयोजना गरेको महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो । प्रधानमन्त्ती ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिनुभएको छ ।

साक्षत्कार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वैंकहरुले लगायतको चर्को व्याजका कारण उद्योग÷व्यवसाय धराशायी भएको वताउनु हुदै यसको दीर्घकालिन समाधान खोज्न अनुरोध गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले संयूक्त रुपमा तयार पारेको कार्यपत्र प्रस्तुती गर्दै उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले उद्योग/व्यवसाय तथा आर्थिक विकासका लागि वाध्य भएर उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउदै संगठन र संघले राखेको दुई सुत्रिय मांग अविलम्व सम्वोधन हुनु पर्नेमा जोड दिनु भयो ।

मोरंग व्यापार संघका अध्यक्ष पवन कुमार शारडाले वढ्दो व्याज उद्योग/व्यवसायले धान्न नसकी उद्योग÷व्यवसाय नै वन्द गर्नु पर्ने अवस्था सिर्जना हुने वताउदै समस्या समाधानका लागि प्रधानमंत्री समक्ष अनुरोध गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३