प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार १८:२६


विराटनगर, ३ फागुन । गुराँस पुस्तकालय विराटनगरमा जारी ए डिभिजन क्रिकेट प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
लायन्स क्लव अफ विराटनगर यङ हार्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रतियोगितामा पुस्तकालयले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ११ रनले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । लगातार दुई खेलमा पराजित भएसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरीएको छ ।
विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा २५ ओभरमा सवै विकेट गुमाई ९६ रनको झिनो योगफल तयार पारेको थियो ।
जस्मा मिलन कार्की र इसान क्षेत्रीले समान १४–१४ रन र सकिव हकले १५ रनको योगदान दिए । पूर्वाञ्चलका मेहबुब आलम इराकीले ३ विकेट तथा सौगात भट्टराई र श्रवण यादवले २–२ विकेट लिए ।
जवाफमा ९७ रनकोे सामान्य लक्ष्य पछ्याएको पूर्वाञ्चलले २५ ओभर खेल्दै सवै विकेट गुमाएर ८५ रनमा सिमित भयो । जस्मा मुकुन्द यादव र यूनिल श्रेष्ठले १७–१७ रन अजय राजवंशीले १५ रनकोे योगदान दिए । म्यान अफ दि म्याच इसान क्षेत्रीले ह्याट्रिक सहिते ३ विकेट तथा कुन्दन यादव र सुविज्ञय पाण्डे ३–३ विकेट लिए । आइतबारदेखि सेमीफाइनल खेलहरु हुने छ ।
पहिलो सेमीफाइनल खेल होराइजन क्रिकेट क्लब र विनायक क्रिकेट क्लबविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिनुभयो ।