प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार १८:२४

विराटनगर, ३ फागुन । प्रदेश १ सरकार जिम्मेवारीपूर्वक मितब्ययी ढंगबाट अघि बढेको मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।

आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश सरकारको एक वर्षे उपलब्धी सार्वजनिकीकरण कार्यक्रमका अवसरमा मुख्यमन्त्री राईले सरकार मितब्ययी ढंगबाट अघिबढेसंगै जनतामा सुरक्षा, सुशासन र सम्मानको अनुभूति दिलाउन सफल भएको दावी गर्नु भयो ।

सरकारको पहिलो वर्ष अन्यप्रदेश भन्दा कानून निर्माण पक्षमा अग्रस्थानमा रहेको बताउँदै उहाँले मुख्यमन्त्री राईले केहीमहिना अघि प्रादेशिक योजना आयोगको गठन, आवधिक योजनाहरुको तर्जुमा, योजनाहरुको वर्गिकरण, वित्तीय अनुशासन कायम गर्न सक्नु उपलब्धीमूलक भएको स्पस्ट पार्नु भयो । त्यसैगरि, शून्यताबाट आफूलाई अघि बढाउँदै प्रदेश सरकारको एकवर्ष विभिन्न विकास तथा भौतिक पूर्वाधार निर्माणकार्य उपलब्धीपूर्ण भएको प्रदेश संसदका सभामुख प्रदीपकुमार भण्डारीले बताउनु भयो ।

प्रतिपक्षी दल तथा अन्य क्षेत्रबाट एकवर्षे समयको आलोचना भइरहदाँ रक्षात्मक भूमिकामा उपस्थित सभामुख भण्डारीले यसक्रममा भएका विविध कमिकमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने र जिम्मेवारीलाई आत्मसात गर्ने प्रस्ट्याउनु भयो ।

दुइ तिहाइ बहुमत साथ गठित सरकारले उत्तरदायी बन्दै जनताका आकाक्षाहरु पुरा गर्न नसकेको खण्डमा संघर्षबाट प्राप्त उपलब्धी, ब्यवस्थाप्रति जनतामा वितृष्णा पैदा हुनेतर्फ सबै सचेत हुनुपर्नेमा सभामुख भण्डारीले जोड दिनु भयो । त्यसैगरि, कार्यक्रममा प्रमुख अतिथि प्रदेश सरकार प्रमुख प्रा.डा गोविन्द तुम्बाहाङले सरकारको कामकार्वाहीबाट आफू सन्तुष्ट रहेको बताउनु भयो । सोक्रममा उहाँले तत्काल प्रतिफल खोज्नका लागि एकवर्षको समय छोटो भएको उल्लेख गर्नु भयो ।

प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश सरकारले एक वर्षको उपलब्धी समेटेर तयार पारेको पुस्तकको सार्वजनिकीकरण गर्नु भयो । यसैबीच प्रदेशको शान्ति सुरक्षा कायम राख्न प्रदेश १ प्रहरी कार्यालयलाई २ सय थान मोटरसाइकल सरकारले हस्तान्तरण गरेको छ । त्यसैगरी, सशस्त्र प्रहरी प्रमुख बल प्रदेश १ लाई ३० वटा मोटरसाइकल प्रदान गरिएको छ ।

१४ वटा मोटरसाइकल आपतकालिन कार्य सञ्चालन केन्द्रले प्राप्त गरेको छ भने बाँकी ५ वटा मन्त्रीपरिषद्को कार्यालयमा रहेको छ । मन्त्रालयले मोटरसाइकल खरिदमा ६ करोड ९ लाख ९० हजार १ सय रुपैया खर्च गरेको छ ।

त्यसैगरि, एक नम्बर प्रदेश प्रहरी कार्यालयलाई सरकारले १५ थान पिक अप भ्यान समेत उपलब्ध गराएको छ । जसको मुल्य ४ करोड ५५ लाख ८३ हजार ५ सय रुपैया परेको मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

गएको एकवर्षमा सरकारले प्रहरीसंग हातेमालो नामको कार्यक्रम अघि बढाएको थियो । जसमा प्रहरीका बारेमा सबै जानकारीसहितको सूचनामुलक स्टिकर प्रदेशका घरघरमा टाँस गरिएको थियो ।

त्यसैगरि, बढ्दो सवारी दुर्घटना नियन्त्रणका क्रममा सरकारले सुनसरीको कोसी गाँउपालिकामा यात्रु तथा चालकलाई आराम गर्न रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३