प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार १८:२०

विराटनगर, ३ फागुन । समयमै बजेट निकासा नहुँदा मोरङको केराबारी–९ स्थित तुर्के खोलाको निर्माणधिन पुल अलपत्र हुन पुगेको छ । पुल निर्माणका लागि २०७० सालमा निलगिरी कन्स्ट्रक्सन कम्पनीसँग सझौता भएको हो ।

सम्झौता अनुसार तीन बर्ष भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । तर सम्झौता भएको पाँच बर्ष वितिसक्ता पनि पुलको तीन वटा पिल्लरका आधा मात्र काम भएको छ ।

पुल निर्माणमा ढिलाई हुनुमा ठेकदारको लार्पावाही भएको स्थानीयको आरोप छ । ठेकदारले पुल निर्माणको पैसा लिएर भागेका कारण पुलको निर्माण कार्य रोकिएको स्थानीय लक्ष्मी मागि भलूवाका व्यवस्थापन समिति अध्यक्ष ललित तामाङ बताउनु हुन्छ । स्थानीयबासी अधिकाँसको बुझाई पनि अध्यक्ष तामाङको जस्तै छ ।

तर उक्त पुलको काम हेर्दै आएको सरकारी निकाय– ‘पुल योजना सेक्टर नं १ धरान’का प्रमुख कैलाश साहको भनाई अर्कै रहेको छ । साहका अनुसार पुल निर्माणमा ढिलाई हुनुमा पुल विभागले तीन बर्ष देखि ठेकदारलाई भुक्तानी गर्नुपर्ने पैसा निकासी नगरेका कारण पुलको निर्माण कार्य रोकिएको हो ।

‘तुर्के खोला बाहेक सुनसरी मोरङका अन्य खोलामा पनि निलगिर कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको काम गरिरहेको छ । तर अधिकाँस निर्माण कार्यको पैसा निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेकाले उक्त पुलको निर्माण कार्य पनि रोकिएको हो ।’ – पूल योजना पूर्वी सेक्टर नं १ का प्रमुख साहले भन्नुभयो ।

निर्माण भईसकेको कामको रकम निकासी गर्न विभागमा धेरै पटक ताकेदा गर्दा पनि काम नभएको साहाको गुनासो छ । गत बर्ष तुर्के खोला पुल निर्माणका लागि केही पैसा निकासा भएको थियो । असार महिनामा पैसा आएको कारण काम गर्न नसकि विभागमै पैसा फिर्ता गएको प्रमुख साहले बताउनुभयो ।

जसका कारणले पुल निर्माण ढिलाइ भएपनि त्यसको प्रत्यक्ष मार स्थानीय भलूवाबासीले खेप्नु परेको छ । पुलको अभावमा बर्षा सुरु हुन साथ केराबरी–९ का झण्डै १० हजार मानिस दैनिक किनमेलाका लागि नजिककै बेलबारी बजारसम्म पुग्न नसक्ने अवस्था आउने गरेको लक्ष्मी मावि भलूवाका प्रधानध्यापक ज्ञानेन्द्र सुनार बताउनु हुन्छ ।

त्यतिमात्र होईन खोलापारीको बुधबारे भन्ने ठाउँबाट लक्ष्मी माविमा अध्ययन गर्न झण्डै डेड सय विद्यार्थी आउने गर्छन । तर बर्षायाममा खोलामा बाढी आएपछि ती बिद्यार्थी समेत बिद्यलय आउन सक्तैनन ।

‘कहिले काही बिहान ठिकै रहेका खोलामा बेलुका बिद्यार्थी घर फर्किदा बाढी आउँदा बिद्यालय आएका बिद्यार्थी अलपत्र पर्ने गर्दछन्’– प्रधानध्याप सुनारले भन्नुभयो ।

पुल निर्माणका लागि स्थानीय बासीले मात्र नभएर आफुले सदनमा समेत कुरा उठाई सकेको मोरङ निर्वाचन क्षेत्र नं १ का संघीय सांसद घनश्याम खतिवडा बताउनु हुन्छ । तर कर्मचारी र ठेकदारको लापरर्वाहीका काण पुल निर्माणमा ढिलाई भएको उहाँको आरोप छ ।
तुर्के खोलाको मात्र नभएर सडक डिभिजन कार्यालय विराटनगरले हेर्दै आएका सुनरी मोरङका विभिन्न स्थानमा निर्माणधिन आधा दर्जन पुलका निर्माण कार्यमा ढिलाई भईरहको छ ।

२०७४ मंसीरसम्ममा सम्पन्न गर्ने गरी २०७१ म ठेक्का लागेका मोरङ–सुनसरीको सीमामा रहेको बुढी खोलाको बाँसबारी–भलुवा पुल अहिलेसम्म एक एक चौथाई काम पनि भएको छैन । रु १० करोड १० लाखको लागतको उक्त पुलको डिजाईनमा समस्या आएपछि पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपाने बताउनु हुन्छ । प्रेस्टिङ्ग प्रविधिबाट निर्माण कार्य सुरु गरिएको र उक्त प्रविधि तत्कालका लागि नयाँ भएकाले पुल निर्माणमा समस्या भएको हो । ‘अब त्यसको रिडिजाई गरेर पठाएका छौ विगभागबाट कम्फर्म भएर आएपछि काम सुरु हुन्छ’ – उहाँले भन्नुभयो ।

त्यस्तै रु १० करोड सात लाख लागतको बक्रा खोलाको मधुमल्ला खण्डमा निर्माणधिन पुलको पनि निर्माण कार्यमा ढिलो भईरहेको छ । २०७५ असारसम्मा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ मा ठेक्का लागेको उक्त पुलको अहिलेसम्मा आधा काम मात्र भएको छ । पुलका पिल्लरहरुको निर्माण गर्ने कार्य सकिएपनि अन्य काम अझै बाँकी छन् । बिटी–क्यान ओन कम्पनीले ठेक्का लिएको उक्त पुलको पनि डिजाईनमै समस्या आएपछि निर्माण ढिलाई भएको हो ।

त्यस्तै २०७४ बैशाख सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने रु चार करोड चार खा लाख लागतको मोरङकै रतुवामाई स्थित कट्नु खोलको पूल पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । उक्त निर्माणका लागि निलगिरी कन्स्ट्रक्सन कम्पनीले २०७२ मा ठेक्का लिएको हो ।
अनअफ निर्माण कम्पनीले ठेक्का लिएको सुनसरी स्थित धमना खोलाको पुल पनि पेटी ठेकदार भागेपछि निर्माणमा ढिलाई भईरहेको छ ।

एक बर्ष भित्र काम सक्ने गरी २०६७ असारमा उक्त पुल निर्माणका लागि संझौता भएपनि अहिलेसम्म ६० प्रतिशत काम मात्र सकिएको छ ।
अन अफ कम्पनीले नै निर्माणको जिम्मेवारी पाएको मोरङको रंगेली स्थित जुडी खोला पुलको निर्माण सुरु भएको सात बर्ष वितिसक्ता पनि सम्पन्न हुन सकेको छैन ।

रु एक करोड १४ लाख लागतका उक्त पुल ०६८ असारमै सम्पन्न गर्ने गरी ०६७ मा ठेक्का लागेको थियो । तर निर्माणको जिम्मेवारी लिएको पेटी ठेकदार भागेपछि उक्त पुलनको निर्माण कार्य ढिलाई भएको सडक डिभिजन कार्यालय विराटनगरले बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३