प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार १८:११

विराटनगर, ३ फागुन । प्रदेश नं १ को भूमि, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको कृषिजन्य उत्पादनको प्रवद्र्धन, प्रशोधन, विक्रि वितरण तथा व्यवसायिकरण लागि पूर्वाधार निर्माणको काम सुरु गरेको छ ।

त्यसका लागि मन्त्रालयले चालु आर्थिक बर्षमै विभिन्न स्थानमा एगृमार्ट, कोल्डस्टोर, चिया प्रसोधन केन्द्र, हर्टिकल्चर (ग्रिन हाउस) निर्माणका कार्य अगाडि बढाएको उक्त मन्त्रालयको कृषि महाशाखाले जनाएको छ । त्यसका लागि प्रस्ताव माग गरी त्यसको स्थलगत प्रमाणिकरणको कार्य भईरहेको बताइएको छ ।

एगृमार्ट भनेको एक प्रकारको डिपार्टमेन्ट स्टोर वा सुपर मार्केट हो । जसमा कृषजन्य बस्तुहरुको मात्र विक्रिवितरण गरिन्छ । पूर्वाधार सहितको व्यवस्थित विक्रि केन्द्रहरुको अभावमा कृषिजन्य बस्तुको बजारीकरण हुन नसकेको र कृषकले बस्तुको उचित मूल्य पनि नपाएको गुनासो आएपछि यस प्रकारका एगृमार्ट निर्माण गर्न लागिएको महाशाखा प्रमुख यादवले बताउनुभयो ।

चालु आर्थिक बर्षमा प्रदेश नं १ को भूमि कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा तीन वटा सम्म व्यवस्थि एगृमार्ट निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि मन्त्रालयले रु एक करोड ५० लाख बजेट बिनियोज गरी प्रस्ताव माग गरिसकेको छ । एगृमार्ट निर्माण लागि विभिन्न

जिलाबाट चार वटा प्रस्ताव मन्त्रालयमा पेश भएका छन् । त्यस्तै उक्त मन्त्रालयले यसै बर्ष प्रदेश भित्र कृषिजन्य बस्तु र बिउ विजनको भण्डरणका लागि तीन वटा शितभण्डार (कोल्डस्टोर) निर्माण गर्ने भएको छ ।

जसका लागि प्रदेश सरकारले रु सात करोड ५० लाख रकम विनियोज गरेको छ । प्रति शितभणडरका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख सम्म उपलब्ध गराउने र बाँकी रकम र आवश्यक जग्गा साझेदार संस्थाले नै उपलब्ध गराउनुपर्ने छ । यसका लागि विभिन्न जिल्लाबाट १३ वटा प्रस्ताव मन्त्रालयमा दर्ता भएको कृषि महाशाखाले जनाएको छ ।

त्यस्तै चिया खेतीको प्रवद्र्धनका लागि विभिन्न स्थानमा साना चिया प्रसोधन केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । साझेदार संस्था र सरकारको ५०÷५० प्रतिशत लगानीमा निर्माण गरिने यस्ता चिया प्रशोधन केन्द्रका लागि मन्त्रालयले रु तीन करोड रकम विनियोजन गरेको छ । चिया कृषक समुह, सहकारी संस्था, निजी व्यवसायी र चिया उद्यमीसँगको साझेदारीमा निर्माण गरिने यस्ता केन्द्रहरुको निर्माणका लागि विभिन्न १८ वटा प्रस्तावहरु मन्त्रालयमा पेश भएका छन् ।

त्यस्तै बेमौसमी तरकारी र वेर्ना उत्पादनका गर्न प्रदेशका विभिन्न स्थानमा १० वटा हर्टिकल्चर ( ग्रिनहाउस ) निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको छ । ग्रिन हाउस निर्माण गर्न ७५ प्रतिशत रकम उपलब्ध गराउने गरी मन्त्रालयले रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । यसका लागि विभिन्न ४५ वटा प्रस्तावहरु मन्त्रालयमा पेश भएको पनि महाशाखाले जनाएको छ ।

त्यस्तै स्थानीय होमस्टेलाई कृषि उत्पादनसँग जोडेर लैजाने उद्देश्यले मन्त्रालयले एग्रोटुरिजमको कार्यक्रम पनि अगाडि बढाएको छ ।

जसमा तरकारी, मौरीका घार निर्माण, सरसफाई, फोहोर व्यवस्थापन, कृषि उपज तथा पशुपंक्षी उत्पादन र व्यवस्थापनको कार्य रहेका छन् । स्थानीय होमस्टेमा आउने पर्यटकहरुलाई स्थानीय उत्पादनसँग जोडेर स्थानीय बासीको आय आर्जन बृद्धि गर्न यो कार्यक्रम प्रभाकारी हुने दाबी मन्त्रालयका अधिकारीहरुको छ ।

यसका लागि होमस्टे सञ्चालक समिति, कृषि तथा पर्यटन प्रबद्र्धन समिति, कृषि पर्यटनमा आवद्ध निजी क्षेत्र, कृषि सहकारी यस कार्यक्रमका लागि प्रदेश सरकारसँग साझेदारी गर्न सक्ने छन् ।

यस कार्यक्रमका लागि ५२ वटा प्रस्तावहरु मन्त्रालयमा पेश भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३