Breaking News

स्थानीय तहका अधिकार खोसिंदैन : उपसभामुख तुम्बाहाम्फे

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १६:५९

विराटनगर, २ फागुन । संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले स्थानीय तहले प्राप्त गरेका अधिकार नखोसिने बताउनु भएको छ ।

आज मोरङको मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुले राखेको प्रश्नको जवाफ दिंदै उहाँले सो कुरा बताउनु भएको हो ।

सहभागीले प्रदेश र संघीय सरकारले स्थानीय सरकारका अधिकारहरु खोस्न लागेको हो भनेर प्रश्न गरेका थिए । उपसभामुख तुम्बाहाम्फेले स्थानीय सरकारका कुनै पनि अधिकार नखोसिने बताउँदै मुलुक मजवुत हुन स्थानीय सरकार मजवुत हुनु पर्नेमा जोड दिनु भयो ।

उहाँले मिक्लाजुङ क्षेत्रमा विगतदेखि रहेका शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, जडिबुटी खेती लगायतका समस्याका विषयमा आफू गम्भीर रहेको बताउनु भयो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३९

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३