Breaking News

अढाई लाख विद्यार्थीलाई खेलकुदमा जोडिन्छ : मन्त्री कार्की

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १६:२५

विराटनगर, २ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आगामी शैक्षिक सत्र देखि प्रदेशका अढाई लाख विद्यार्थीलाई प्रत्यक्ष रुपमा खेलकुदमा सहभागी गराइने बताउनु भएको छ ।

मोरङको बेलवारी नगरपालिका –११ लक्ष्मीमार्गमा एन प्याब्सन मोरङले आयोजना गरेको खेलकुद कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्री कार्कीले विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनु अनिवार्य जस्तै बनेको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले आगामी बैशाख देखि ‘म अगाडि बढ्छु ’ भन्ने नाराका साथ सगरमाथा टिन्स क्लब स्थापना गरेर माध्यमिक तहका विद्यार्थीलाई खेलकुदका गतिविधीमा सहभागी गराउने बताउनु भयो ।

हाम्रा समाजमा रहेका जातिय, धार्मिक, सामाजिक र सांस्कृतिक विविधतालाई जोड्ने सुत्रको काम खेलकुदले गर्ने कार्कीको भनाइ छ । ‘खेलकुदले जात, भूगोल, धर्म केही पनि भन्दैन,’ उहाँले भन्नु भयो, ‘त्यसैले खेलकुदका माध्यमबाट सबैलाई सामूहिक रुपमा जोड्न र एकताको सुत्रमा बाँध्न सकिन्छ ।’

सरकारी स्तरबाट माध्यमिक तहमा खासै खेल गतिविधि नभए पनि निजी तथा आवासीय विद्यालयले आयोजना गर्ने खेल गतिविधिले खेलकुदको विकासमा टेवा पुगिरहेको मन्त्री कार्कीको भनाइ छ ।

समाजको आमुल परिवर्तन र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य हुने कार्कीले बताउनु भयो । विद्यालय तहबाटै खेललाई व्यावसायिक बनाउन प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ ।

फागुन ३ गते अर्थात भोली सम्म सञ्चालन हुने खेलकुदमा दुई हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने एन प्याब्सन मोरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३