प्रकाशित : २९ माघ २०७५, मंगलवार १८:५०


विराटनगर, २९ माघ । विराटनगरमा गत माघ ९ गतेदेखि शुरु भएको विराट फुटवयेर एक्पोमा १ करोडको आर्थिक कारोवार भएको छ ।
१० वटा ब्रान्डको संयुक्त आयोजनामा जारी मेलामा ३५ हजार जोडी जुत्ता विक्री गरिएको मेला आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताउनुभयो ।
मेला शुरु भएको तीनसातामा १ करोड रुपैया बराबरको जुत्ताचप्पल विक्री भएको हो । स्वदेशी फुटवेयर उद्योगका गुणस्तरिय उत्पादनप्रति आम उपभोक्ताको चासो दिनानुदिन बढदो रहेको आयोजकको भनाई छ ।
मेलामा लक्ष्य अनुसारकै बिक्री भईरहेको रोयल सु का मार्केटिङ अफिसर बालकृष्ण घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ दैनिक एक लाखको कारोबार भईरहेको छ ।
आगामी फागुन ११ गते चल्ने मेलामा उपभोक्ताको उपस्थिति बाक्लिदै गएको छ । मेला सन्तोषजनक रहेको उपभोक्ताहरुको भनाई छ । जुत्ता मेला विराटनगरका लागि आवस्यक रहेको विराटनगरका उपभोक्ता लक्ष्मण ओझाले बताउनुभयो ।
मेलामा व्यक्तिको क्षमता अनुशारका जुत्ता चप्पल रहेको ओझाले बताउनुभयो ।