Breaking News

प्रदेश १ : नियमावली संसोधन समिति गठन

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १८:४४

विराटनगर, २९ माघ । प्रदेश १ संसद संचालन भएको लगभग एक वर्ष पछि प्रदेशको नाम र राजधानीलाई प्रदेश सभामा विधिवत रुपमा प्रवेस गराउन नियमावलीको मस्यौदा संसोधन हुने भएको छ ।

आजको संसद बैठकले मस्यौदा संसोधन समिति सर्वसम्मतले गठन गरेको छ । समितिले नियमावली संसोधन गरी प्रदेश सभामा प्रदेशको नाम र राजधानी तोक्ने विषयलाई प्रवेस गराउने बाटो खोल्ने छ ।

सांसदहरु तुलसीप्रसाद न्यौपाने, कुसुम श्रेष्ठ, लक्ष्मण तीवारी, लीला सुब्बा, केदार कार्की, जयराम यादव र राजकुमार ओझा रहेको सात सदस्यीय समिति गठन गरिएको छ छ । समितिलाई प्रतिवेदन पेस गर्न १३ दिनको समय दिइएको छ ।

प्रतिवेदन पेस गरेपछि समिति स्वत खारेज हुने सभामुख प्रदीपकुमार भण्डारीले सदनमा जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३