Breaking News

बालविवाह अन्त्यका लागि ज्ञापनपत्र बुझाइयो

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार १६:३५

विराटनगर, २६ माघ । बालविवाह अन्त्यका लागि बनेका नीतिगत तथा कानूनी प्रावधान, तिनको कार्यान्वयन पक्ष र सुधार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बालविवाह अन्त्यका लागि विशेष ध्यान दिन बालबालिकाहरुले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल, प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी प्रमुख एसपी मनोजकुमार केसीलाई भेटेर मोरंगका ५ वटा स्थानीय तहका बालबालिकाले ज्ञापन पत्र बुझाएका हुन ।

प्रथम चरणमा जिल्ला स्थित कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाईएको ग्रामथानका रन्जित सरदारले जानकारी दिनुभयो । उहाँका अनुसार अव स्थानीय सरकारका प्रमुखलाई पनि बुझाईनेछ ।

बालबालिकाहरुले प्रदेश सरकारको अपनत्वमा कानूनी तथा नीतिगत प्रावधान गर्नुपर्ने, स्थानीय तहका विभिन्न निकायहरुसगँको समन्वयमा बालविवाह न्यूनीकरणका उपायको बारेमा छलफल चलाउनुपर्ने, बालविवाह अन्त्यका लागि प्रतिबद्धता सहितको समयसिमा तोकेर योजना बनाउने तथा नियमित अनुगमन गर्ने तथा गराउनुपर्ने र प्रत्येक बालबालिकाको जन्म दर्ता सुनिश्चित गराउनुपर्ने माग गरेका छन् ।

वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा मोरंगको ५ वटा स्थानीय तहमा नारी विकास संघ विराटनगरले नेपाली जुटौँ, बालविवाह रोकौँ अभियान सञ्चालन गरिरहेको छ ।

विराटनगर महानगरपालिकाको १९ नं. वडा, सुन्दरहरैचा नगरपालिकाको हरैचा क्षेत्र, कटहरी गाउँपालिकाको ५ र ६, बुढीगंगा गाउँपालिकाको ६ र ७ , ग्रामथान गाउँपालिकाको १ र २ मा अभियान चलिरहेको नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३