Breaking News

विराटनगर, २६ माघ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले विज्ञापन मुखी भन्दा पनि व्यवहार मुखी ढंगबाट अघि बढिरहेको बताउनु भएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आज विहान विराटनगरमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री ढकालले पहिले योजना र सपना जागृत गर्ने र त्यसपछि एउटा आधार तयार गरेर अघि बढ्ने चरणमा सरकार रहेको बताउनु भएको छ । कानुन बनाएर आधार तयार गर्दै सरकार अघि बढ्ने क्रममा रहेका कारण जनतामा विकास निर्माणको अनुभूति नभएको हुन सक्ने उहाँको भनाइ छ ।

सरकार अरुको कुरालाई ग्रहण गर्ने र व्यवहारमा पूर्ण रुपमा लागू गर्ने दिशामा रहेको ढकालको दावी छ । उहाँले नेपाली राजनीतिको शैली र संस्कार माझीन बाँकी रहेको बताउनु भयो । वाईडबडी प्रकरणसंग जोड्दै उहाँले पहिले संसदमा कुरा उठाउने विपक्षीले सरकारले छानविन समिति बनाएपछि पनि विरोध गरेको बताउनु भयो ।

वाईडबड्ी अनियमिततामा संलग्नतालाई कारवाही गर्नु पर्छ भनेर भन्नेहरु सरकारले छानविन समिति बनाएर दोषीलाई कारवाहीको दायरामा ल्याउन खोज्दा त्यसको पनि बाधक बनेको मन्त्री ढकालको भनाइ छ ।

बहुचर्चित सुन तस्करी प्रकरणमा जनताको आलोचना र जनताले उठाएका प्रश्नलाई आत्मासाथ गर्दै त्यसलाई निस्कर्षमा पु¥याउन र न्यायालयबाट भएका कमजोरीलाई दोहोरिन नदिन न्यायाधीशहरुमाथि छानविन थालिएको उहाँले बताउनु भयो ।

पार्टी एकताका सन्दर्भमा केही ढिलाई भएको स्वीकार गर्दै मन्त्री ढकालले त्यसलाई चाँडो टुँगोमा पु¥याउने हिसावमा पार्टीका दुबै अध्यक्षहरु सक्रिय भएर लागेको बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३