Breaking News

‘पुरानो बुलेट’को फस्टलुक

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार १७:२५

विराटनगर, २३ माघ । प्रदर्शन मिति चैत्र १ गतेलाई तोकिएको नेपाली चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ ।

भीषण राईको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य भूमिका रहेको छ । फस्टलुकमा नायिका वर्षा शिवाकोटीलाई गाउँले भेषमा प्रस्तुत गरिएको छ ।

यस्तै माला लिम्बूलाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र वर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरीया युवतीको भूमिकामा देखाइएको छ ।

चलचित्रको कथा, पटकथा तथा लेखन सन्तोष राई र निर्देशक भीषण राईले गर्नु भएको छ । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुनु हुन्छ । चलचित्रमा अशोककुमार राई, दिपेन्द्र लिम्बू, विरेन साम्बा, टिकाराम राईको लगानी छ ।

पूर्वी नेपालको कथा र ठेट शब्दलाई यास चलचिलत्रमा उतारिएको कार्यकारी निर्माता सन्तोष राईको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३