Breaking News

प्रदेश १ बाट पनि शुरु भयो श्रम स्वीकृति

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार १७:२४

विराटनगर, २३ माघ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित श्रम कार्यालयले पनि आजदेखि श्रम स्वीकृति दिन थालेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कतार पुगेर आउनु भएका र पुन जाने तयारीमा रहनु भएका धनकुटाको चौविसे गाउँपालिका – ५ का विजय खड्कालाई पहिलो श्रम स्वीकृति दिएर यस कार्यको थालनी गर्नु भयो ।

श्रम स्वीकृतिकै लागि यस अघि काठमाडौंसम्म पुग्नु पर्ने झन्झट थियो । सेवाग्राहीले श्रम स्वीकृति आफ्नै प्रदेशबाट सुरु भएको भन्दै आभार व्यक्त गरेका छन् । खड्काले समय र काठमाडौं जानु पर्ने खर्च समेत जोगिएको बताउनु भयो ।

सरकारले वैदेशिक रोजगारीका लागि सेवा विकेन्द्रीत गर्दै मुलुकका सातवटै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरेको थियो । सरकारी तयारी अनुरुप पुस १५ बाट सेवा सुरु हुनु पर्ने हो । तर श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल र निमित्त प्रमुख मणिनाथ गोपको सरुवाको विवादका कारण सेवा सुरु हुन सकेको थिएन ।

कार्यालयमा अहिले अधिकृत सविता दाहाललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्री घिमिरेले मुलुकमा रोजगारीको अवस्था सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम रोक्न नसकिएको बताउनु भयो ।

विदेश जानलाई श्रम स्वीकृति दिन थालिएको भए पनि त्यो क्रम रोकेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु पर्ने उहाँको भनाइ छ । कार्यालयकी निमित्त प्रमुख दाहालले धेरै अघिबाट सुरु हुनु पर्ने सेवा विविध कारणले ढिलाई भएको बताउनु भयो ।

श्रम स्वीकृतिको पहिलो चरणमा विदेश बसेर विदामा आएकाहरुको लागि अर्थात दोश्रो चरणको श्रम स्वीकृति मात्र प्रदान हुने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३