प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १८:४४

विराटनगर, २१ माघ । विराटनगरमा करेन्ट लागेर भूमि कन्स्ट्रक्सनका तीन जना कर्मचारी आज दिउँसो घाइते भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका –४ का २५ वर्षीय मोहम्मद रहिम, सञ्जिव पासवान र मुकेश पासवान घाइते भएको प्रहरीले जनाएको छ । सडक विस्तारसंगै विद्युतको लाइन मर्मतका क्रममा उनीहरुलाई विद्युत पोलमा चढेका बेला करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि लगभग १० मिटर अग्लो पोलबाट उनीहरु भूइँमा खसेका थिए । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार घाइते तीनै जना भूमि कन्स्ट्रक्सनका कर्मचारी हुन् ।

विराटनगरको भृकुटी चौकस्थित फिडरको लाइन डाउन गरेको अवस्थामा उनीहरुले अर्को लाइनमा काम गर्दा दुर्घटना भएको हो । यस घटनामा प्राधिकरणको कुनै लापरवाही नभएको दावी गर्दै सिंहले यसको क्षतिपूर्ति कन्स्ट्रक्सनले बेहोर्नु पर्ने बताउनु भयो ।

उहाँले कन्स्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा व्यवस्था नगर्दा घटना हुन गएको बताउनु भयो । घाइते तीनै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

घाइते मध्ये रहिमको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्थाको सामान्य रहेको जनाएको छ । रहिमको टाउकोमा रगत जमेको र टाउकोको हड्डी फुटेको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३