Breaking News

विराटनगरमा सरकारविरुद्ध नेपाली काँग्रेसको प्रदर्शन

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १८:४१

विराटनगर, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै देशभर आज सडक आन्दोलन गरेका कांग्रेसले जनाएको छ ।

भ्रष्टाचार, महगी , बलात्कार बढेको भन्दै कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको हो । यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको पनि कांग्रेसले आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको हो ।

विरोध पछिको कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्ला भनी कांग्रेसले आशा गरेको बताउदै त्यसको उल्टो जनताको चाहना विपरीत ओली सरकार लागेको आरोप लगाउनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरुले संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने, संसदीय मर्यादा पालना गर्नुपर्ने,तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लास्थित सदरमुकाममा आज सरकार विरोधी प्रदर्शनको आयोजना गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३