Breaking News

विमानस्थलको डिजेल चोरी गर्ने चार पक्राउ

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १७:००

विराटनगर, २० माघ । विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डिजेल चोरी गर्ने विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरिएका चारै जनालाई आज विराटनगरमा सार्वजनिक गर्दै उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

विमानस्थलको जेनेरेटर हाउस भित्र राखिएको चार सय लिटर डिजेल चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारै जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनु भयो । चारै जनाको मिलेमतोमा गत पुस ९ गते डिजेल चोरी भएको एसपी केसीको भनाइ छ ।

विमानस्थलमा काम गर्ने भोलाले डिजेल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार डिजेल हराएको पाइएपछि प्रहरीलाई खवर गरिएको थियो ।

सिटौलाले पुस १३ गते घटना अनुसन्धानका लागि प्रहरीमा निवेदन दिइएको बताउनु भयो । प्रहरीले पक्राउ परेकाहरुले लुकाएर राखेको ९० लिटर डिजेल पनि बरामद गरेको छ ।

तीन सय १० लिटर डिजेल भने लगेर बिक्री गरिसकेको खुलेको एसपी केसीले बताउनु भयो । उहाँले चोरीको डिजेल किन्नेको पनि पहिचान भइसकेका कारण किन्नेमाथि पनि अनुसन्धान अघि बढाइने जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३