Breaking News

सिमसार संरक्षणमा चुनौति

प्रकाशित मिति : २० माघ २०७५, आईतवार ०६:३९

विराटनगर, २० माघ । विश्व सिमसार दिवसमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले सिमसारको संरक्षण गर्न धेरै चुनौतिहरु रहेको बताएका छन् ।

वन डिभिजन कार्यलय मोरङ र सिमसार संरक्षण समिति नेटवर्क मोरङले संयुक्त रुपमा बेलबारीको वेतना सिमसारमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन ।

प्रदेश सभा सदस्य राजकुमार ओझाले सिमसार बचाएर स्थानीयलाई लाभ दिने काम गर्नुपर्ने तर स्थानीय मानिसलाई बास उठाएर वन्यजन्तु आरक्ष वा निकुञ्ज बनाउन नहुने तर्क गर्नुभयो । उहाँले मेचीदेखि कोशी नदीसम्म चुरेको फेदैफेद वन्यजन्तु संरक्षण क्षेत्र निर्माण गर्ने नीति निर्माण तहमा भइरहेकोले सोको आफूले विरोध गर्दैआएको बताउनुभयो । प्रदेश सरकारले पहिचान खुलेका सिमसारलाई संरक्षण गर्न सहयोग गरेको र अब नयाँ सिमसारको खोजी गर्ने पनि बताउनुभयो ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख( डिएफओ) विशाल घिमिरेले नेपालका २० वटा जनजातिको जिविकोपार्जनको माध्यम सिमसार भएको बताउनुभयो । उहाँले सिमसार किन जोगाउने भनेर प्रष्ट पार्दै आगामि दिनमा स्थानीय संरक्षण समितिहरुले संरक्षण र पर्यटकीय गुरुयोजना बनाएर काम गर्न आवश्यक छ भन्नुभयो ।

सिमसार जीवन र सँस्कृतिसँग गाँसिएकोले यसलाई जोगाए सँस्कृति जोगिने र साँस्कृतिक सहिष्णुता कायम रहने उहाँले बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै वातावरणविद् रामचन्द्र अधिकारीले सिमसार जैविक विविधताको खानी,प्रदूषणका नाशक,जलवायु परिवर्तनको न्यूनिकारक भएकोले संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बाहिरी जीवको प्रकोप, मानवीय गतिविधि,थिग्रणसमस्या, रासायनिक मल र विषादिको प्रयोग आदि सिमसारका चुनौति भएको औल्याउनुभयो । मोरङ जिल्लाका सिमसारलाई उचित संरक्षण र सम्वद्र्धन गर्न सके यिनलाई रामसार साइटमा दर्ज गर्न प्रस्ताव गर्न सकिने भविष्य रहेको समेत देखाउनुभयो ।

अर्का वक्ता सामुदायिक वन महासंघका उपाध्यक्ष रामकृष्ण राईले जनजाति र सिमसार सदियौँदेखि अन्तरसम्बन्धित छन् त्यसैले जनजातिको सँस्कृति जर्गेना गर्न सिमसारको पनि जर्गेना गनुपर्नेमा जोड दिनुभयो । सिमसार नेटवर्कका अध्यक्ष डम्बर बस्नेतले सिमसारको महत्व बुझ्न,बुझाउन र संरक्षणमा सबैलाई समाहित गर्न दिवस मनाउन जरुरी ठानेको बताउनुभयो । उहाँले आफ्नो वेतना सिमसारलाई उच्च कोटीको बनाउन निरन्तर प्रयास गरिरहेको पनि बताउनुभयो ।

विश्व सिमसार दिवस हरेक साल फेब्रुअरी दुर्ई तारिखमा मनाइन्छ । रामसार सम्मेलन भएको मितिलाई आधार मानेर सन् १९९७ देखि यो दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३९

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३