Breaking News

सुनसरीको बहराक्षेत्र धाममा श्रीराम तारक ब्रम्ह महायज्ञ हुने

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १९:५२

विराटनगर, १९ माघ । हरित र समृद्धि नेपाल निर्माणको कामनासहित यही माघ २६ गतेदेखि सुनसरीको बहराक्षेत्र धाममा नेपालमै पहिलोपटक श्रीराम तारक ब्रम्ह महायज्ञ हुने भएको छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजना गर्न लागिएको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको इतिहासमै पहिलोपटक १२ सय साधनहरुद्वारा तारकब्रम्ह मन्त्रराजको १ अर्ब ६० करोड जपसमेत गरिनेछ । १६ करोड हवनसमेत गरिने आयोजक समितिका उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । नौ तले मण्डवभित्र १ सय ८ वटा हवनकुण्डसमेत निर्माण गरिएको छ । ३५ हजार किलो जौ, १५ हजार किलो जडीबुटी, १० हजार किलो शुद्ध गाईको घ्यू, १० हजार किलो चिनी, ६० हजार किलो तिललगायत हवन गरिनेछ । मण्डवभित्रै ९ प्रकारका हवनवेदी निर्माण गरिएको छ ।

महायज्ञ आयोजनास्थल बराहक्षेत्रमा आज आयोजित पत्रकार सम्मेलनमा सिद्धबाबा डा. कृष्णदासजी महाराजले ७ सय ५ वर्षअघि भारतमा यस्तो महायज्ञ भएको बताउनुभयो ।

उहाँले नेपालमा त्रेयायुगमा मात्रै तारकब्रम्ह महायज्ञ भएको दाबी गर्नुभयो । महायज्ञमा आउने भक्तजनका लागि लागि साढे ८ करोडको लागतमा १३२ कोठे तीनवटा भवन धमाधम निर्माण भइरहेको छ । उहाँले महायज्ञले धार्मिक पर्यटनमा महत्वपूर्ण भूमिका योगदान गर्ने बताउनुभयो । महायज्ञमा १ लाखभन्दा बढी भक्तजनहरु आउनेछन् ।

सबैको आरोग्यता, मुलुकको विकास र समृद्धि, हरित राष्ट्र, शान्तिको कामनासहित महायज्ञ आयोजना गर्न लागिएको कृष्णदासले जानकारी दिनुभयो । यज्ञ पूर्णाहुतिसहित फागुन ७ गते महायज्ञको समापन हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३