Breaking News

प्रकाण्डका छोरालाई सात दिन म्याद थप

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १९:४१

विराटनगर, १९ माघ । तीनवटा गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले अनुसन्धानकालागि आज सात दिनको म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साझ गोलीसहित पक्राउ परेका नरेन्द्र विश्वकर्मालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धानकालागि सात दिनको म्याद थप गरेको हो ।

कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मा सानो चाइनिज पेस्तोलमा प्रयोग हुने तीनवटा गोलीसहित विराटनगर विमानस्थलबाट हिजो साँझ पक्राउ परेका थिए ।

केही दिन अघि पूर्व आएका विश्वकर्माले विराटनगर विमानस्थलबाट काठमाडौं जाने तयारी गर्दै गर्दा झोला चेकजाँच गर्दा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनी यति एयरलायन्सको जहाजबाट बिहीबार साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थलमा रहेको एक्सरे मेसिनमा झोला चेकजाँच गर्दा गोली भेटिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३