प्रकाशित : १८ माघ २०७५, शुक्रबार १९:२६

विराटनगर, १८ माघ । पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा सुरु भएको आन्दोलन पाँच दिनका लागि फिर्ता भएको छ । सुनसरीको इटहरीमा आज दिउँसो सम्पन्न संघको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

संघीय र प्रदेश सरकारले वार्ताका लागि आब्हान गरेपछि तत्काललाई आन्दोलन फिर्ता लिइएको पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले बताउनु भयो । उहाँका अनुसार सरकारले सार्थक वार्ताका लागि आब्हान गरेका कारण यस अघि घोषणा गरिएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो ।

कार्कीले वार्ताबाट समस्याको समाधान ननिस्किए फेरी आन्दोलनमा जाने निर्णय भएको सुनाउनु भयो । कोसी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्रमा टिपर तेस्र्याएर राजमार्ग अवरुद्ध पारिएपछि आज दिउँसो भने लगभग साढे तीन घण्टा स्थिती तनावपूर्ण बनेको थियो । तर प्रशासनले हस्तक्षेप गर्ने बुझेपछि व्यवसायी आफै टिपर फिर्ता लिएर इटहरीतर्फ लागेका थिए । प्रहरीले क्रेनको सहायताले टिपर हटाएर अवरुद्ध सडक सुचारु गर्ने तयारी गरेपछि व्यवसायी आफै पछि हटेका हुन् । आन्दोलनमा उत्रिएका टिपर व्यवसायीले आज मोरङको सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेबाट विराटनगरको रोडशेष चौकसम्म टिपर ¥यालीको आयोजना गरेका थिए ।

तीन सय बढी टिपरसहितको ¥यालीलाई ढाटबाट प्रहरीले विराटनगरतर्फ अघि बढ्न नदिएपछि भने तनावको स्थिती उत्पन्न भएको थियो । त्यसपछि टिपरका चालक र व्यवसायी भने सडकमा टिपर तेस्र्याएर चावी आफूसंगै राखेर नाराजुलुस र प्रदर्शनमा उत्रिएका थिए । कोसी राजमार्गमा एम्बुलेन्स समेत चल्न नदिइकन टिपर तेस्र्याउँदै राजमार्ग अवरुद्ध पारिएपछि स्थानीय प्रशासनले हस्तक्षेपको तयारी गरेको थियो । त्यसपछि भने टिपर चालकले आआफ्ना टिपर सडकबाट आफै हटाएका थिए ।  स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

गत सोमबार सोमबार विहान मोरङको सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोसमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेको घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

टिपर व्यवसायीकातर्फबाट गठन गरिएको संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले निर्वाध रुपमा सडकमा कुद्न पाउनु पर्ने, सुन्दरहरैंचामा जलाइएका टिपरका व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनु पर्ने, टिपर जलाउनको पहिचान गरेर कारवाही गर्नु पर्ने लगायतका माग आफूहरुको रहेको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३