Breaking News

टिपर व्यवसायीको र्यालीका कारण विराटनगर ढाट क्षेत्र तनाग्रस्त

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १३:५३

विराटनगर, १८ माघ । टिपर व्यवसायी संघले आब्हान गरेको टिपर र्यालीलाई प्रहरीले रोक्न खोजेपछि कोसी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर र्यालीको आयोजना गरिएको थियो । उक्त र्यालीमा तीन सय बढी टिपर सहभागी छन् । र्याली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो ।

पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको छ । आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर र्यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिती असामान्य बन्दै गएको छ । र्याली साढे १२ बजे ढाटमा आइपुगेको थियो । विराटनगरको रोडशेष चौक सम्म पुग्ने योजनासहित निकालिएको र्यालीलाई प्रहरीले अघि बढ्न दिएको छैन ।

अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिती उत्पन्न भएको छ । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी गरिरहेको हाम्रा सहकर्मीले बताए । । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ ।

र्यालीमा सहभागी टिपरले छ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । गत सोमबार सोमबार विहान मोरङको सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोसमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेको घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलन अन्तर्गत टिपर व्यवसायीले आज खोर्सानेबाट विराटनगरको रोडशेष चौकसम्म टिपर ¥यालीको आयोजना गरेका थिए । तर प्रहरीले रोकेपछि ¥यालीले विराटनगर महानगरपालिका प्रवेष गर्न पाएको छैन । टिपर व्यवसायीकातर्फबाट गठन गरिएको संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको बताउनु भयो । उहाँले निर्वाध रुपमा सडक कुद्न पाउनु पर्ने, सुन्दरहरैंचामा जलाइएका टिपरका व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनु पर्ने, टिपर जलाउनको पहिचान गरेर कारवाही गर्नु पर्ने लगायतका माग राखेर आफूहरु आन्दोलित बनेको जानकारी दिनु भयो ।

सिंहले आगजनीका कारण टिपर व्यवसायीले करोडौंको नोक्सानी बेहोर्नु पर्दा पनि राज्य मुकदर्शक बनेको बताउनु भयो । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उहाँको भनाइ छ ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिंदा स्थिती खराव हुने भएपछि टिपर र्यालीलाई बीचमै रोकिएको जानकारी दिनु भयो । उहाँले आन्दोलनमा रहेका टिपरका चालक र व्यवसायीलाई सम्झाईबुझाई गर्ने काम भइरहेको जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३