प्रकाशित : १८ माघ २०७५, शुक्रबार ०७:०६

विराटनगर, १८ माघ । श्रीमान श्रीमती भन्दै विराटनगर महानगरपालिका – १४ स्थित अशोक यादवको घरमा डेरा गरेर बसेका दुई युवा युवतीको शव विहिबार कोठा भित्रै भेटिएको छ ।

दिउँसो ४ बजेतिर शव फेला परेको हो । प्रहरीका अनुसार श्रीमान श्रीमती भन्दै दुबै जना यादवको घरमा नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठा भित्र शव भेटिएका दुबै जना श्रीमान श्रीमती भएको बताए पनि प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन । भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जनकुमार सिंह र अन्दाजी २५ वर्षीय पुजाकुमारीको शव एउटै कोठा फेला परेको प्रहरीले जनाएको छ ।

सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको जानकारी प्रहरीले दिएको छ । मृत्त फेला परेका रन्जन सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । उनको शव मखलरको पासो लगाएर झुन्डिएको अवस्थामा र पुजाको शव घाँटीमा सलले बाँधिएको तर भूइँमा लडिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । तर उनीहरु श्रीमान श्रीमती हुन् भन्ने भरपर्दो आधार नभेटिएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार युवकको शव टिनले छाएको घरको काठको बलोमा झुन्डिएको अवस्थामा फेला परेको छ । युवतीको शव घाँटीमा सल बाँधिएको तर भूइँमै लडिरहेको अवस्थामा फेला परेको हो । दुबै जनाले सहमतिमै झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । झुन्डिने क्रममा युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर उनको शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

युवतीको पनि घाँटीमा डोरी कसिएको निलडाम छ । घटनास्थलबाट प्रहरीले दुईवटा मोवाइल र केही कागजपत्रहरु फेला परेको छ । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै अनुसन्धान सकिएपछि धेरै कुरा खुल्ने बताउनु भयो ।

दुबै जनाको शवलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३