प्रकाशित : १७ माघ २०७५, बिहीबार १६:५९


विराटनगर १७ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताउनु भएको छ । विराटनगर ४ नं वडा समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले सो बताउनु भएको हो ।
कांग्रेस नेतृत्व तहले २०७६ भित्रै महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास उहाको छ । कांग्रेस राजनैतिक चरित्र बोकेको पार्टी भएको भन्दै उहाले सनकको भरमा गलत काम नगर्ने बताउनु भयो ।
कांग्रेसको संगठन कमजोर बनेको र त्यसलाई उर्जाशिल बनाउन महाधिबेशन आबश्यक रहेको कोइरालाले भनाई छ । उहाले समयमै महाधिवेशन नभए कांग्रेस सदाका लगी कमजोर ठहरिने बताउनु भयो ।
संगठनलाई उर्जा भर्न आफु अग्रसर भएको र त्यसका लागि सहयोग गर्न कांग्रेस कार्यकर्ता शुभेच्छुक संग कोइरालाले आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की, चुमनारायण तवदार, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली , वडा नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, कांग्रेस वडा वुथ समिति सभापति राजकुमार तवदार लगायतको सहभागिता रहेको थियो ।