प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १६:५५

विराटनगर, १७ माघ । प्रदेश–१ संसदको हिउँदे अधिवेशनको तयारी लगभग अन्तिम चरणमा पु¥याइएको छ । आगामी २० गते बस्ने हिउँदे अविधेशन यस अघि नै प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आब्हान गरिसक्नु भएको छ ।

यस पटकको हिउँदे अधिवेशनले प्रदेश १ को नाम र स्थायी राजधानीको विषय टुँगो लगाउने बताइएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजधानीको नाम र राजधानीको विषय टुँगो लगाउने तयारी भइरहेको जानकारी दिनु भयो ।

भण्डारीले भरिसक सर्वसहमतिका आधारमा यस विषयमा टुँगो लगाउने प्रयास गरिने बताउन भयो । उहाँले विजनेसका रुपमा १३ वटा विधेयक संसदबाट पारित हुने जानकारी पनि दिनु भयो । संसद सचिवालयमा दर्तामा रहेका, विषयगत समितिमा छलफलमा गएका र नयाँ दर्ता हुनेसमेत १३ वटासम्म विधेयमाथि छलफल भई पारित हुने उहाँको भनाइ छ ।

भण्डारीले प्रदेश संसद अन्तर्गतका विभिन्न विषयगत समितिलाई समेत यही अधिवेशनमा प्रक्रियामा गई पूर्णता दिने तयारी गरिएको बताउनु भयो ।

मिनी संसद भनिने विषयगत समितिमा संसदमा विधेयकमाथि कुनै संशोधन परे दफावार छलफलका लागि पठाउने गरिन्छ । संसद मातहत प्रदेश १ मा अहिले न्याय प्रशासन तथा विधायन, सुशासन तथा योजना, अर्थ, सार्वजनिक लेखा, सामाजिक विकास, उद्योग पर्यटन तथा वतावरण र प्राकृति स्रोत तथा पूर्वाधार विकास गरी सातवटा समिति छन् ।

समितिले पूर्णता नपाउँदा अहिले ज्येष्ठ सदस्यले अध्यक्षता गरिरहनु परेको छ । प्रदेश १ ले यसअघिको अधिवेशनबाट २३ वटा कानुन निर्माण गरिसकेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक सदस्य छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३