Breaking News

पथरीशनिश्चरे नगरपालिकाको लोगो तयार, घर नक्साको म्याद थप

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १८:४६

पथरीशनिश्चरे, १६ माघ । मोरङको पथरीशनिश्चरे नगरकार्यपालिकाको बैठकले नगरको लोगो सहितका विषयमा निर्णय गरेको छ ।

नगर प्रमुख दिपिलकुमार राईको अध्यक्षतामा बसेको बैठकले नगरकै चित्रकार सरोजा खड्गीले निर्माण गरेको नगरको प्रतिक चिन्ह (लोगो)लाई अनुमोदन गरेको छ ।

प्रसिद्ध चित्रकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी नवनियुक्त प्राज्ञ सदस्य खड्गीले तयार गरेको आकर्षक लोगोलाई बैठकले अनुमोदन गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

पथरी, शनिश्चरे र हसन्दह गाविस मिलेर बनेको नगरको हरियाली शीर, कृषिमा आधारित नगर, सहर तथा कलकारखाना उन्मुख सृजनशील नगरका कुरा लोगोमा उतारिएको छ ।

बैठकले, क्यान्सर, मुटुरोगी, स्पाइनलकड इन्जुरी, बोनम्यारो र मृगौला रोगीका लागि जीवनमा एक पटक नगरपालिकाले प्रदान गर्न सुरु गरेको उपचार राहत सहयोगका लागि यो वर्ष ५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

यसका साथै नगरमा यसअघि नै बनेका पुराना घरहरुको नक्सा पासको अवधि ९० दिनलाई पुन थप गरिएको छ । डाँस खोला तटवन्ध, ढल व्यवस्थापन, खेलकुद सहितका विषयमा पनि वैठकले छलफल गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३